८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

पौवादुङमामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

पौवादुङमामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण
अ+ अ-

भोजपुर । पौवादुङमा गाउँपालिकाले जिल्लामै पहिलोपटक वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालिएको हो ।

वडा नं ६ ठूलोदुम्मामाकी ९१ वर्षीया मिता राईले आफ्नै घरछेउबाट भत्ता लिन पाउँदा सहज भएको बताउनुभयो । सरकारले दिएको भत्ताले जीवन गुजारा चलाउन सहज भए पनि भत्ता लिन गाउँपालिकासम्म जान भने धेरै सास्ती हुने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारले दिएको वृद्धाभत्ता बूढेसकालको सहरा बनेको छ । यही भत्ताले दैनिक जीवनयापन गर्दै आएकी छु तर भत्ता लिन जान निकै समस्या थियो । गाउँपालिकाले आफ्नो ठाउँमा आएर भत्ता दिएपछि म जस्ता धेरैलाई सजिलो भएको छ । आउन जान नै मलाई समस्या छ । अहिले यहाँबाट भत्ता पाउँदा निकै हर्षित छु ।”

बैंकमा परिवारका सदस्यको सहयोगमा पुग्ने गरेको भए पनि आउँदा जाँदा भने अति नै समस्या भोग्नुपरेको उहाँले अनुभव सुनाउनुभयो । राईले भन्नुभयो, “बैंकमा पुगेर आफ्नो भत्ता लिन निकै समस्या थियो । बुढौली ज्यान हिँडेर जान समस्या । सवारी साधन रिजर्भ गर्दा धेरै खर्च हुन्छ । हामीजस्ता बूढाबूढी देखेपछि बसवालाले पनि ठग्न खोज्छन् । त्यसमाथि बैंकमा गएर लाइन बस्नुपर्दा धेरै कष्ट हुन्थ्यो । अब भने धेरै सहज भएको छ ।”

गाउँपालिकाले घुम्ती शिविरमार्फत टोलवासी भेला गरेर वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । खास गरेर सामाजिक सुरक्षा भत्ता लिन सहज बनाउन यस्तो कामको थालनी गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका केन्द्रमा रहेको बैंकबाट भत्ता वितरण गर्दा उहाँहरुलाई समस्या भएको देखेर अहिले वडा कार्यालयबाट वितरण थालेका हौँ । ज्येष्ठ नागरिक तथा अशक्तलाई यहाँ आउन अत्यन्तै समस्या छ । यो कार्यलाई चौमासिकरुपमा सबै वडामा सञ्चालनमा ल्याएका छौँ । अब उहाँहरुले आफ्नो घर पायक पर्ने ठाउँबाट भत्ता पाउनु हुन्छ ।”

हालसम्म गाउँपालिकाभरि एक हजार चार सय ७१ जनाले भत्ता पाउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । कार्यपालिकाको निर्णयअनुसार बैंक तथा सुरक्षा निकायसँग समन्वय गरेर भत्ता वितरण कार्यलाई वडास्तरबाट सञ्चालन गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “खासमा उहाँहरुलाई भत्ता लिनको लागि आउन हुने समस्यालाई ध्यानमा राखेर कामको थालनी गरेका छौँ । वृद्धवृद्धा तथा अशक्तलाई त यहाँ आउन धेरै कठिन छ । नागरिकको यहाँसम्म आउँदा यातायातलगायतमा खर्च हुने, विभिन्न झन्झट हुने समस्याको अन्त्य भएको छ ।”