८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

‘मिथ्या अभिव्यक्ति फैलन नदिन सञ्चारमाध्यम सचेत हुनुपर्छ’

‘मिथ्या अभिव्यक्ति फैलन नदिन सञ्चारमाध्यम सचेत हुनुपर्छ’
अ+ अ-

काठमाडौं । निर्वाचनका समयमा मिथ्या र घृणास्पद अभिव्यक्ति फैलन नदिन सञ्चारमाध्यम क्रियाशील हुनुपर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन् ।

नेपाल मतदाता अधिकार मञ्चले आज ‘निर्वाचनमा फैलने मिथ्या, भ्रामक एवं गलत सूचना र घृणास्पद अभिव्यक्ति नियन्त्रणमा सञ्चार जगतको भूमिका’ विषयक अन्तक्र्रियामा यस्ता अभिव्यक्ति रोक्नमा क्रियाशील हुनेपर्नेमा जोड दिइएको हो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका समयमा सञ्चारमाध्यमले पूर्णरुपमा आचारसंहितको पालना गरी मिथ्या तथा घृणास्पद अभिव्यक्ति रोक्नुपर्ने बताउनुभयो । “निर्वाचनको समयमा व्यावसायिक सञ्चारमाध्यमलेभन्दा पनि पत्रकारको आवरणमा गैरपत्रकारले मिथ्या सूचना सम्प्रेषण हुने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जालबाट हुने भ्रामक तथा मिथ्या सूचना नियन्त्रणमा राज्यले नै विशेष पहल गर्नुपर्छ ।”

सामाजिक सञ्जाल नियन्त्रण गर्नका लागि छुट्टै संयन्त्र बनाएर जानुपर्ने उल्लेख गर्दै उहाँले प्रेस काउन्सिल सरकार र सञ्चारमाध्यमको पुलका रुपमा काम गर्ने भएकाले कानुनी परिधिभित्र रहेर काम गर्न सकिने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा सञ्चारमाध्यमले मिथ्या तथा गलत सूचना प्रवाहलाई रोकेर सही सूचना मात्र सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचनका समयमा बढीमात्रामा यस्ता सूचना फैलना हुनाले यसबारेमा सबै सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले मिथ्या, भ्रमपूर्ण सूचना सञ्चारमाध्यमभन्दा बाहिरबाट हुने गरेको हुनाले यस्ता सूचना निणन्त्रण गर्न कठिन रहेको बताउनुभयो । “मिथ्या, भ्रमपूर्ण सूचना नियन्त्रण कसले गर्छ त ?, आज मिडियाभन्दा बाहिरका अन्य पक्ष यसमा संलग्न छ”, उहाँले भन्नुभयो, “यस्ता पक्षलाई कसरी नियन्त्रण गर्ने ?, भ्रामक सूचनाबाट जोगिन गाह्रो छ ।”

नेपाल टेलिभिजनका नायब महाप्रबन्धक आरती चटौतले आर्थिक, राजनीतिक र सूचना प्रविधिको विकासले गर्दा निर्वाचनमा मिथ्या सूचना सम्प्रेषण हुने गरेको र सञ्चारमाध्यमले यस्ता कुरामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

अनलाइन खबर डटकमका सम्पादक शिव गाउँलले सञ्चारमाध्यमले निर्वाचनका समयमा मिथ्या तथा भ्रामक समाचार सम्प्रेषण गर्नबाट रोके पनि अहिले पाठक आफैँ पनि ठूलो सञ्चारमाध्यम भएर बसेको बताउनुभयो । उहाँले सूचना प्रविधिको समयमा पत्रकारको हातमा मात्र नियन्त्रण गर्ने संयन्त्र नभएको अनुभव सुनाउनुभयो ।

घटना र विचारका सम्पादक बबिता बस्नेतले निर्वाचनका समयमा सञ्चारमाध्यमले भन्दा पनि सामाजिक सञ्जालबाट यस्ता भ्रामक र मिथ्या अभिव्यक्ति आउने गरेको अनुभव सुनाउनुभयो ।

कार्यक्रममा अधिवक्ता सन्तोष सिग्देलले ‘निर्वाचनमा मिथ्या, गलत सूचना र घृणास्पद अभिव्यक्ति’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा निर्वाचनका समयमा र अन्य समयमा पनि यस्ता खालका सूचना सञ्चारमाध्यमबाट बढी सम्प्रेषण भएको उल्लेख छ ।

मञ्चका अध्यक्ष भक्त विश्वकर्माले निर्वाचनमा समयमा सञ्चारमाध्यमबाट मिथ्या, गलत र घृणास्पद अभिव्यक्ति प्रवाह नहोस् भन्ने उद्देश्यले उक्त विषय नियन्त्रणका लागि छलफलको प्रारम्भ गरेको बताउनुभयो ।