२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday
Latest
काठमाडौँको बौद्धमा ‘राष्ट्रिय बौद्ध तेमाल जात्रा’ हुने पानी जहाज कार्यालयबाट अनुमति नलिई व्यवसायिक रुपमा पानी जहाज सञ्चालन गर्न नपाइने राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता गणतन्त्रवादी नेताहरूले भ्रष्टाचार र लुटतन्त्र मच्चाएर देश बर्बाद पारे: ज्ञानेन्द्र शाही राप्रपालाई प्रधानमन्त्रीको प्रश्न- संसदको सपथ खाने अनि बाहिर गएर संविधान मान्दिनँ भन्ने ? काठमाडौंमा शिक्षकहरुको आन्दोलन जारी– तस्बिरहरु बल्खुमा सुरु भयो राप्रपाको खबरदारी सभा जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री एशिया-प्यासिफिक ग्लोबल एक्सेलेरेटर नीति फोरम: सीप, रोजगार र सामाजिक सुरक्षामा लगानी वृद्धि आवश्यक आईपीएलमा आज कोलकाता र लखनऊ खेल्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग



अ+ अ-

काठमाडौँ । यातायात व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी भारतबाट नेपालमा आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा दुईपटक रकम घटेको भन्दै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्नुभएको हो ।

“कोरोना कहरका कारण ठूलो आर्थिक व्ययभार खेपेका यातायात व्यवसायीलाई राहत दिनुको सट्टा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा समायोजन नहुनु दुःखको कुरा हो,” महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक सवारी साधनको कर, बैंकको व्याज, रुट इजाजत दस्तुर, जाँचपास बीमा, सवारी साधनका इन्जिनको मूल्य अत्यधिक बढ्दा यातायात व्यवसायीहरु ठूलो मारमा परेको बताउनुभयो । “अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा तत्काल समायोजन हुनुपर्छ”, उहाँले भन्नुभयो ।

महासङ्घले विद्यार्थी, अपाङ्ग, ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातले सहुलियत दिएबापत नेपाल सरकारले यातायात व्यवसायीलाई कर, रुट इजाजत, जाँचपासमा विगतका दिनमा ६० प्रतिशत सहुलियत दिँदै आएकामा हाल उक्त सुविधा कटौती भएको भन्दै उक्त सुविधालाई निरन्तरता दिन माग गरेको छ ।