काठमाडौं । बुधबार कायममुकायम प्रधान सेनापति रथी श्री प्रभुराम शर्मा र मित्रराष्ट्र ईजरायलका राजदुत हनन गोडरबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको जनाएको छ ।












