८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

दाङमा कोरोना महामारीका समग्रीहरु प्रयोगविहीन

दाङमा कोरोना महामारीका समग्रीहरु प्रयोगविहीन
अ+ अ-

तुलसीपुर । दाङका कोरोना अस्पतालहरुका केही सामग्री नियमित प्रयोगमा आइरहेका छन् भने केही सामग्री प्रयोगमा आउन सकेका छैनन् । बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल हाल राप्ती प्रादेशिक अस्पतालको कोरोना इकाइका केही सामग्री त्यतिकै थन्काएर राखिएको छ ।

कोरोना इकाइका इञ्चार्ज सुष्मा वलीका अनुसार कोरोना महामारीका बेला चलेको अस्पताको भेन्टिलेटर अहिले भने ठप्प अवस्थामा छ । आइसियुमा भने दम लगायतका बिरामीलाई राखेर उपचार गर्ने गरिएको छ । कोरोना आइसोलेशनमा अहिले उच्च सुरक्षा कक्षका रुपमा सञ्चालित रहेको छ । “भेन्टिलेटर चल्न सकेको छैन”, उहाँले भन्नुभयो, “आइसियु कक्ष भने नियमित सञ्चालित छ ।”

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जिल्लाभन्दा बाहिरका समेत स्वाब पिसिआर परीक्षण गर्ने गरिएको थियो । परीक्षण गर्ने मेशिन अहिले पनि सञ्चालित छ । अस्पतालका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार वैदेशिक रोजगारमा जानेहरु, बिरामीहरु, एक ठाउँबाट अर्को ठाउँमा जानेहरुका लागि पिसिआर परीक्षण गर्ने गरिएको छ । दैनिक सात/आठ जनाको यसरी स्वाब परीक्षण हुने गरेको उनको भनाइ छ । आइसियुलगायतका अन्य सामग्री भने नियमित प्रयोग भइरहेको सूचना अधिकारी भट्टराइको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो अस्पतालको आइसोलेशन भने अहिले प्रायः प्रयोगविहीन हुने गरेको छ । मेट्रो अस्पतालमा ४० शय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएको थियो । तर त्यो सेन्टर अहिले सुनसान जस्तै देखिन्छ । आइसोलेशन सेन्टरमा रहेका आइसियु शय्याहरु खाली छन् ।

कहिलेकाहीँ दमका बिरामी आएमा आइसोलेशन सेन्टरमै अक्सिजन दिएर राख्ने गरिने भए पनि प्रायः जसो ताला लगाएर राख्नुपर्ने अवस्था रहेको अस्पतालका स्टोर प्रमुख रोमहर्स केसीले बताउनुभयो । “कहिलेकाहीँ दम लगायतका बिरामीहरु आउँछन्, उनीहरुलाई राखेर उपचार गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “नत्र प्रायः सुनसान जस्तै हुन्छ ।” दाङमा प्रतिष्ठान, बेलझुण्डी अस्पताल र तुलसीपुर उपमहानगरपालिकाको मेट्रो अस्पतालमा कोरोना आइसोलेशन निर्माण गरिएको थियो ।