८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

एक वर्षमा एक खर्ब ७७ अर्बको इन्धन आयात

एक वर्षमा एक खर्ब ७७ अर्बको इन्धन आयात
अ+ अ-

पर्सा । वीरगञ्ज भन्सार नाकाबाट इन्धनका आयातमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८को तुलनामा गत आवमा सो नाकाबाट एक सय ७ प्रतिशत बढी डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र १० प्रतिशत बढी खाना पकाउने एलपी ग्यास आयात भएको हो ।

आव २०७७/७८ मा सो नाका प्रयोग गरी नेपालका लागि रु ८६ अर्ब तीन करोड ३६ लाख मूल्यको १५ लाख ९१ हजार १३३ किलोलिटर डिजल पेट्रोल, मट्टितेल र हवाई इन्धन आयात भएको थियो । गत आवमा रु एक खर्ब ७७ अर्ब ८८ करोड ७७ लाख मूल्यको ३२ लाख ९३ हजार ५३८ किलोलिटर इन्धन आयात भएकोे छ ।

सो समीक्षा अवधिको तुलनामा रु ९१ अर्ब ८५ करोड ४१ लाख बढी मूल्याको १७ लाख दुई हजार ४०५ किलो बढी इन्धन आयात भएको हो । गत आवमा डिजलको आयात ११ प्रतिशत, पेट्रोलको आयात २५ प्रतिशत, हवाई इन्धनको आयात दुई हजार ४८० प्रतिशतले बढेको छ, भने मट्टितेलको आयात ३६ प्रतिशतले कम भएको छ । इन्धनसँगै वीरगञ्जबाट खाना पकाउने ग्यासको आयातसमेत बढेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो ।

उहाँले आर्थिक वर्ष २०७७/७८मा वीरगञ्ज नाकाबाट १९ अर्ब ८१ करोड २८ लाख मूल्यको दुई लाख २९ हजार २१६ मेट्रिक टन ग्यास आयात भएको र गत आवमा रु १५ अर्ब ३८ करोड ४६ लाख बढी अर्थात ३५ अर्ब १९ करोड ७४ लाख मूल्यको दुई लाख ८४ हजार ८२४ मेट्रिक टन ग्यास आयात भएको बताउनुभयो । सो अवधिको तुलनामा ७८ प्रतिशत बढी मूल्यको १० प्रतिशत बढी ग्यास आयात भएको हो । इन्धन तथा खाना पकाउने ग्यासको आयातसँगै वीरगञ्ज भन्सार कार्यालयको राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ ।

वीरगन्ज नाकाबाट आयात हुने इन्धनबाट समीक्षा अवधिमा रु ४६ अर्ब १४ करोड ४० लाख राजस्व सङ्कलन गरेको तुलनामा गत आवमा ४४ अर्ब दुई करोड २८ लाख बढी अर्थात ९० अर्ब १६ करोड ६९ लाख राजस्व सङ्कलन भएको सूचना अधिकारी गुप्ताले जानकारी दिनुभयो । उहाँले गत आवमा इन्धन आयातबाट सङ्कलित राजस्वमा ९५।४० प्रतिशतले वृिद्ध भएको बताउनुभयो ।

वीरगञ्ज नाकाबाट ७० प्रतिशत भन्दा बढी इन्धन र ८५ प्रतिशत भन्दा बढी खाना पकाउने एलपी ग्यास आयात हुने गरेको छ ।