३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

सुनसान छन् बागलुङका घरबास

सुनसान छन् बागलुङका घरबास
file
अ+ अ-

गलकोट । बर्खा लागेपछि बागलुङका घरबास (होमस्टे)पाहुनाविहीन बनेका छन् । असार–साउनमा बागलुङमा पर्यटकको आगमनसमेत ह्वात्तै घटेको छ भने घरबास सञ्चालकसमेत खेतीपातीको काममा व्यस्त भएका छन् ।

बागलुङका पर्यटकीय सम्भावना भएका गाउँमा पछिल्लो समय घरबास कार्यक्रम निकै प्रभावकारी छ । बर्खामा पर्यटकको आगमनमा कमी हुनु, ग्रामीण सडक समस्याग्रस्त हुनु र बाढीपहिराका घटनामा वृद्धिका कारण घरबासमा कमैमात्र पर्यटक पुग्न थालेका हुन् । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण दुई वर्ष थला परेका घरबास कोरोनापछि राम्रै चलेको पाइएको छ । असारपछि भने जिल्लामा राम्रै नाम कमाएका घरबास सुनसान छन् ।

बर्खामा घरबासमात्रै होइन, जिल्लाका पर्यटकीयस्थल तथा होटल व्यवसायसमेत सुनसानजस्तै छन् । जिल्लाको चर्चित घरबासमध्येको अतिथि सत्कार घरबास भकुण्डे, किकल्टा घरबास ताराखोला, काठेखोला गाउँपालिकास्थित धम्जाको बेलढुङ्गालगायत घरबाससमेत बर्खा लागेपछि सुनसानजस्तै छन् ।

अहिले बर्खा लागेपछि कमै मात्रमा घरबासमा पाहुना आउने गरेको भन्दै भकुण्डेस्थित अथिति सत्कार घरबासका सञ्चालक अप्सरा थापाले भदौपछि मात्रै घरबासमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने बताउनुभयो ।

“फाट्टफुट्ट पाहुना आएका छन्, तर बर्खामा सडकको अवस्था नाजुक छ, हिँडेर आउनसमेत समस्या हुन्छ, हाम्रो घरबासमा पर्यटक चैत, वैशाख र असोज, कात्तिकमा बढी आउँछन्”, घरबास सञ्चालक थापाले भन्नुभयो, “बर्खामा घरबासका सञ्चालकसमेत कोदो रोप्ने चटारोमा हुन्छन्, बर्खामा दृश्यावलोकनसमेत गर्न नपाइने भएकाले कममात्रै भकुण्डेमा पाहुना आउने गरेका छन् ।”

यो सयम घरबासका लागि समेत खासै राम्रो सिजन नभएको बताउँदै बागलुङको काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक गोपाल श्रीषले अब दशैँ–तिहारको सिजनलाई घरबासले तयारी थालेको बताउनुभयो ।

“घरबासमा पूरै अग्र्यानिक उत्पादन खुवाउने गरिन्छ, अहिले आलु थन्क्याउने चटारोसमेत छ, बाँकोको सिन्की बनाउने कामसमेत भइरहेको छ”, श्रीषले भन्नुभयो, “दशैँ–तिहारको सिजनमा आउने पाहुनालाई अग्र्यानिक उत्पादन खुवाउनका लागि आजैदेखि सङ्कलन तथा भण्डारणमा जुटेका छौँ, अहिले स्थानीय खसीबोका, कुखुरासमेत तयारी गरिएको छ ।” श्रीषले पाहुनालाई खुवाइने अग्र्यानिक उत्पादनमा जोड दिँदै यहाँका किसानले भाङ्गो, आलु र सिन्की भण्डारण गरिरहेको बताउनुभयो । जिल्लामा रहेका २८ सामुदायिक घरबासमध्ये अधिकांश पाहुना एक दर्जन घरबासमा पुग्ने गरेका छन् ।

भौगोलिकरूपमा सुन्दर, ताल, झरना तथा दृश्यावलोकन भएको स्थानका घरबास राम्रोसँगै चलेका छन् भने सञ्चालकले समेत मनग्य आम्दानी गर्दै आएका छन् । ताराखोलाको ठूलोहिले घरबासमा जङ्गली रातो च्याउको जोहो भइरहेको र अर्नाकोट घरबासमा बाकोको सिन्की बनाउने काम चलिरहेको छ । ताराखोलामा उत्पादन भएको जङ्गली रातो च्याउको स्वाद लिनकै लागि घरबासमा पाहुना पुग्ने गरेका छन् भने ताराखोलाको किकल्टा घरबासमा सिस्नोको परिकार खानका लागि पाहुना त्यहाँ पुग्ने गरेका छन् ।

जिल्लाको चर्चित पर्यटकीय गन्तव्यका रूपमा रहेको ढोरपाटन उपत्यका आसपासमा खुलेका आधा दर्जन घरबाससमेत अहिले सुस्ताएका छन् । जिल्लाका अधिकांश घरबासका सञ्चालक खेतीपातीको काममा व्यस्त हुने गरेका छन् । अठ्ठाइस सामुदायिक घरबासमध्ये रेशको माहुरी झरना घरबास, अर्नाकोट घरबास, किकल्टा घरबास, तोरीखोला घरबास तथा अतिथि सत्कार घरबासमा बढी मात्रमा पहुना पुग्ने गरेका छन् । सबै घरबासका आफ्नो अग्र्यानिक स्वाद तथा कला संस्कृति रहेको छ ।रासस