२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोकियो भैरहवा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट



अ+ अ-

काठमाडौं । विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नसकेपछि भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट अनिश्चित बनेको छ । गत वैशाखमै तयार भए पनि कोरोना महामारीका कारण विमानस्थलले क्यालिब्रेसन फ्लाइट गर्न नसकेको हो ।

“हामी यहाँ तयारी अवस्थामा छौं । उपकरणसहितको जहाज र प्राविधिक आए तुरुन्तै क्यालिब्रेसन फ्लाइट गर्न सक्छौं,” गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति आयोजनाका प्रमुख प्रविण न्यौपानेले भने । उनका अनुसार विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावमार्ग, टावरलगायत क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् कि छैनन्, ककपिटका पाइलट र टावरका कर्मचारीबीच सम्पर्क भएको छ कि छैन भनेर परीक्षण गर्न क्यालिब्रेसन फ्लाइट गरिन्छ । क्यालिब्रेसन फ्लाइटपछि मात्रै परीक्षण उडान हुन्छ ।

विमानस्थलमा सूचना तथा विद्युतीय सामग्री उपकरणलगायत संरचनाको जिम्मेवारी पाएको थाइल्याण्डको एरोथाइ कम्पनीले त्यहीँको कम्पनीबाट उपकरण ल्याउन पहल गरे पनि कोभिडका कारण आउन नसकेको न्यौपानेको भनाइ छ । “अहिले थाइल्याण्डमा कोरोना संक्रमण र जोखिम बढेको छ । त्यहाँको सरकारले आफ्ना नागरिकलाई कामका लागि अन्य मुलुक जान रोक लगाएको छ । अहिले हामी क्यालिब्रेसन फ्लाइटका लागि भारतको हवाई नियमन निकायसँग कुराकानी गरिरहेका छौं,” उनले भने । भारतबाट ल्याउन सकिए सहज रुपमा छिटो हुने र नजिक भएकाले समस्या पनि खासै नदेखिने उनको भनाइ छ ।

आगामी अक्टोबरभित्र क्यालिब्रेसन फ्लाइट गर्ने लक्ष्य आयोजनाको छ । “हामी जतिबेला पनि क्यालिब्रेसन फ्लाइट गर्न सक्ने गरी तयारी अवस्थामा छौं । विमानस्थलमा विमान उडान र अवतरणका लागि आवश्यक सबै उपकरण जोडिएको धेरै भैसकेको छ,” न्यौपानेले भने । उता कोरोना भाइरस संक्रमणका बीच पनि स्वदेशी र विदेशी कामदार आईसीबी–१ अन्तर्गत टर्मिनल भवनको बाँकी काम समापनका लागि खटिएका छन् । टर्मिनल भवनको बाँकी काम नसकिए पनि क्यालिब्रेसन फ्लाइटलाई कुनै अप्ठेरो नपर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए । विमानस्थलमा जडान गर्नुपर्न रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उड्डयन सहायक उपकरणहरु, ब्यागेज ह्याण्डलिङ सिस्टम, कन्भेयर बेल्ट, एक्स–रे मेसिन आदि यन्त्र–उपकरण जडान कार्य सम्पन्न भइसकेको छ । एसपीको नेतृत्वमा विमानस्थल सुरक्षा एकाइ खडा भइसकेको समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।