२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीयसँगको सहमतिपछि फोहोर उठ्न थाल्यो



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी वृत्त बालाजुमा स्थानीय र काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागसँग भएको १४ बुँदे सहमतिपछि हिजो बुधबारबाट उपत्यकाको फोहोर उठ्न थालेको छ ।

स्थानीयसँग मंगलबार राति भएको सहमतिमा १५ दिनभित्र तीनपिप्ले–सिसडोल सडक ग्राभेल गरी तत्काल टेन्डर गरी कालोपत्रे गर्नुपर्ने, फोहोर ढुवानी गर्ने सवारीसाधनले लिचेड बक्सको व्यवस्था गर्नुपर्ने, फोहोर ढुवानी गर्ने सवारीलाई बिहान ४ देखि दिउँसो ४ बजेसम्म मात्र अनुमति दिने व्यवस्था गर्नुपर्ने र त्यसका लागि टाइम कार्डको व्यवस्था गर्नुपर्ने, तीनपिप्ले–सिसडोल खण्डको जग्गाको कित्ताकाट गरी मुआब्जा दिने विषयमा कामपा मेयरसँग छलफल गर्नेलगायत रहेको छ ।

त्यस्तै, फोहोर ढुवानी गर्ने सवारीसाधन सफा गरेर मात्र पार्किङ गर्नुपर्ने, स्थानीय प्रभावित क्षेत्रका विद्यालय र संघ संस्थालाई खेलकुद व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने, महालक्ष्मी मन्दिर क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने, सवारी चालकको स्वास्थ्य परीक्षण गर्नुपर्ने र सडक छेउमा वृक्षरोपण गर्नुपर्नेमा पनि सहमति भएको छ ।

करिब एक महिनासम्म फोहोर उठ्न नसकेर राजधानी काठमाडौंसहित २० स्थानीय तह दुर्गन्धित भएपछि सरकारको ध्यानाकर्षण भएको थियो । फोहोर व्यवस्थापनमा समस्या देखिएपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्नुभएपछि प्रधानमन्त्री देउवाले सरोकारवाला निकायलाई तत्काल समस्या समाधान गरी फोहोर व्यवस्थापन गर्न निर्देशन दिएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।