१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा: भूकम्प प्रभावितको पुनःस्थापनाका लागि ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक एवम् सांसद विशाल भट्टराईले खोटाङ केन्द्रविन्दु भएर गएको भूकम्पको क्षतिको अविलम्ब विवरण सङ्कलन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसमक्ष माग गर्नुभएको छ ।

बैठकको विशेष समयमा बोल्दै उहाँले भूकम्पबाट भएको क्षतिको तत्काल विवरण सङ्कलन गरेर विस्थापितहरुलाई स्थापित गर्न माग आग्रह गर्नुभयो ।

विपद् व्यवस्थापन प्राधिकरण सक्रिय नभएको र सरकारी तवरबाट पनि क्षति सङ्कलन सुस्त भएको भन्दै सांसद भट्टराईले क्षतिको विवरण लिएर पीडितलाई राहत दिन आग्रह गर्नुभयो । उहाँले भूकम्पले खोटाङ जिल्ला र आसपासका क्षेत्रका जनतालाई त्रसित तुल्याएको बताउनुभयो । घटनामा प्रहरी चौकी, विद्यालय, सहकारी भवन आदिमा आंशिक क्षति पुगेको तथा जिल्लाका ४७५ वटा घर चर्किएको र केही घर पूर्ण रुपमा क्षति भएको विवरण रहेको भन्दै पुनःस्थापनाको कामलाई अविलम्ब अघि बढाउन आग्रह गर्नुभयो ।

यही साउन १५ गते खोटाङको साकेला गाउँपालिका–५ स्थित मार्तिमबिर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम गएको थियो ।

सांसद भट्टराईले हालै सरकारले नेकपाको विप्लव समूहलाई कारबाहीको पत्राचार गरेको समाचार आएको भन्दै उक्त पत्र फिर्ता लिएर त्यस्ता समूहको शान्तिपूर्ण बाटो रोज्ने प्रस्तावलाई प्रोत्साहन गर्न अनुरोध गर्नुभयो । तत्कालीन सरकारसँग तीनबुँदे सहमति गरेर शान्ति प्रक्रियामा ल्याइएको विप्लव र सिके राउत समूहलाई शान्तिपूर्ण बाटोमा प्रोत्साहन गरिनुपर्नेमा जोड दिनुभयो ।




भर्खरै