८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

मुङको दाल भनेर विदेशी ब्रान्डका चुरोट भित्र्याउने आयातकर्तालाई १० करोड जरिवाना

मुङको दाल भनेर विदेशी ब्रान्डका चुरोट भित्र्याउने आयातकर्तालाई १० करोड जरिवाना
अ+ अ-

वीरगञ्ज । दुबईबाट खाद्यन्न सामग्री (मुङको दाल) भनेर ल्याइएको कन्टेनरमा विदेशी ब्रान्डका चुरोट बरामद भएको घटना प्रकरणमा भन्सार कार्यालयले आयातकर्ता कम्पनी कालिका इन्टरप्राइजेज प्रालिलाई रु १० करोड ७२ लाख जरिवाना तोकेको छ । दुबईबाट भारतसम्म पानी जहाजमा र भारतको कोलकोत्ताबाट रेलमार्ग हुँदै मुङको दाल भनेर सुक्खा बन्दरगाहमा वीरगञ्जसम्म ल्याइएको (जीइएसयू ५०४८८०३४५ जी१) नम्बरको कन्टेनरमा गत जेठ १३ मा शङ्का लागि जाँच गर्दा उक्त ठूलो परिमाणमा विदेशी ब्रान्डको चुरोट फेला परेको थियो ।

दालको कन्टेनरभित्र चुरोट आयात गर्ने कम्पनी काठमाडौँ टोखाको कालिका इन्टरप्राइजेज प्रालिका सञ्चालक काठमाडौँ टोखाका नवराज गिरीलाई भन्सार ऐन अनुसार नक्कली मालसामान घोषणा गरेबापत बिगो जरिवाना रु रु १० करोड ७२ लाख जरिवाना तोकिएको भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष न्यौपानेले जानकारी दिनुभयो ।

कन्टेनर जाँच्दा २६ हजार छ सय दश किलो दाल घोषणा गरिएको कन्टेनरमा १४ हजार आठ सय २५ किलो मात्र दाल थियो । यसबाहेक ५८ लाख ३८ हजार चार सय खिल्लीका चार सय कार्टुन विदेशी चुरोट भएको फेला परेको थियो । उक्त बिगो जरिवाना बापतको रकम तिरेपछि सो कम्पनीले माल लैजान पाउने कार्यालयले जनाएको छ । अन्यथा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढ्नेछ । कार्यालयका अनुसार बन्दरगाह नाकामा विभिन्न मालसामान भित्र्याउने तीन वटा फरक–फरक रङ्को लेन हुन्छ । उक्त कन्टेनर पहेँलो लेनबाट आएको थियो ।

कन्टेनरको अगाडि र पछाडिको भागमा मुङ दालको बोरा र बीचमा भने चुरोटका कार्टुन राखेको भेटिएको थियो । कन्टेनरबाट इन्डोनेसियन ब्रान्ड गुडाङ गरम र बेलायती ब्रान्ड मोन्ड भेरियन्सका चुरोट फेला परेको थियो ।

भन्सार ऐनको दफा ५७ अनुसार घोषणा गरिएको वस्तु र परिमाण फरक भेटिएकोले नियमानुसार बिगो जरिवाना गरिएको र नियमानुसार कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयका अनुसन्धान अधिकृत भूपेन्द्र कार्कीले जानकारी दिनुभयो । यसरी जरिवाना गरिएपछि भन्सार कार्यालयले कम्पनी सञ्चालक गिरी (धादिङ ) र भन्सार एजेन्ट नीरञ्जन घिमिरे ( मकवानपुर)लाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गरिसकेको छ । उनीहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयमा लेखिपठाइएकोे पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयो ।