१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्भिकले भित्र्यायो अल्माको लेजर मसिन, छालाको अत्याधुनिक उपचार अब नेपालमै



अ+ अ-

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मसिन (लेजर मसिन) भित्र्याएको छ ।

सोमबार अस्पतालको स्कीन केयर सेन्टरमा आयोजित एक समारोहका बीच इजरायलमा अवस्थित अल्माबाट उत्पादित अत्याधुनिक डर्मा क्लियर लेजर मसिनको अनावरण गरियो । सप्लायर्स कम्पनीको तर्फबाट रामशरण मल्ल, नर्भिक इन्टरनेशनल हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालकी छाला रोग विशेषज्ञ डा. सिरपा बज्राचार्यले संयुक्त रुपमा अत्याधुनिक लेजर मसिनको अनावरण गरेका थिए ।

सप्लायर रामशरण मल्लका अनुसार अत्याधुनिक अल्माको डर्मा क्लियर मसिन भित्र्याउने नर्भिक नेपालकै पहिलो अस्पताल हो । यो एउटै मसिनको मद्धतले तीनवटा विशिष्ट उपचारको काम गर्न सकिन्छ । यो मसिनको मद्धतबाट छालालाई भित्रैदेखि सफा गर्ने, मोस्चराइजिब र नरम बनाउने तथा छालाका मृत कोशिकाहरु लाई राम्रोसँग बाहिर निकाल्ने काम गर्न सकिन्छ । यस्तै, यसको ह्याण्ड पिस टिप ३६० डिग्रीमा रोटेड गर्न मिल्छ। मल्लकाअनुसार मसिनमा जडित पावर सक्सनका कारण छालाको भित्रैसम्म गाडिएर बसेको फोहोर राम्रोसँग बाहिर निस्किन्छ ।

अल्मा लेजरको आफ्नै प्रि ट्रिटमेन्ट सोल्युसन पनि रहेको छ, जसले स्कीनलाई नरम, मुलायम र हाइड्रेट गराउँछ । यो फेसियल स्कीनका लागि अहिलेसम्मकै उत्कृष्ट र सबै विशेषता एउटैमा सुसज्जित भएको मसिन हो । डर्मा क्लियर मसिन उच्च गुणस्तर, जोखिममुक्त र पूर्ण छाला
हेरचाह तथा उपचारका लागि विश्वमा बढ्दो माग पूरा गर्ने उद्देश्यले डिजाइन गरिएको मसिन हो । सहरी वातावरणमा प्रदूषण, विषाक्त पदार्थ र रसायनहरूले छालालाई हानी पुर्याउन सक्छ भने सेल्फी युगमा मेकअप उत्पादनहरूको व्यापक प्रयोगले पनि छालालाई चिसो र बुढो बनाउँछ। डर्मा क्लियरबाट हुने हाइड्रोडर्माब्रेसन(विशेष ट्रिटमेन्ट विधि) यी सबै समस्याको उपचार तथा समाधानको उपाय रहेको कम्पनीको दाबी छ ।

लेजर मसिनको अनावरणपछि कुरा गर्दै नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले अत्याधुनिक मसिन पहिलोपटक नेपाल भित्र्याएर छालाकै अत्याधुनिक उपचार समेत नेपालमै सम्भव हुने अवस्था बनेको बताए । अब छालाको कुनै पनि समस्या आउँदा स्तरीय उपचारका लागि विदेशिनुपर्ने बाध्यता हटेको छ ।’ उनले भने–नर्भिकले सञ्चालनमा ल्याएको स्कीन केयर सेन्टरमा विश्वविख्यात अत्याधुनिक उपचार विधिहरु बाट छालाको उपचार गरिन्छ ।’