११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्तानेश्वर वन क्षेत्रमा शिवजीलाई मनपर्ने श्रीखण्ड रोपण



अ+ अ-

ललितपुर । गोदावरी नगरपालिका–१३ स्थित सन्तानेश्वर महादेव मन्दिर वनक्षेत्रमा आज श्रीखण्ड रोपण गरिएको छ । शिवजीलाई सबैभन्दा बढी मनपर्ने वस्तुमा श्रीखण्ड पनि रहेकाले सो वृक्षरोपण गरी प्राकृतिक संरक्षणमा समेत जोड दिइएको हो ।

बिहान नगरपालिकाका जनप्रतिनिधिका साथै विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिको उपस्थितीमा ५४ श्रीखण्डका वृक्ष रोपिएको सन्तानेश्वर मन्दिर संरक्षण तथा संवद्र्धन सेवा समितिका अध्यक्ष विनोद खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “यस मन्दिर हाताभित्रको १५० रोपनी जमिनमा हरेक वर्ष तेस्रो साउनको सोमबार फलफूल एवं औषधिजन्य बिरुवा वृक्षरोपण गर्ने चलन रहँदा त्यस कामलाई पूर्णता दिएका छौँ ।”

आफूहरुले सो अघि ३५ जातका रुद्राक्ष, पारिजात, अमलाका साथै विभिन्न फूलका बिरुवा रोपेर मन्दिरको वातावरण स्वच्छ तथा हराभरा बनाइरहेको खड्काले सुनाउनुभयो । श्रीस्वस्थानी वर्तकथामा आधारित धार्मिक मान्यता बोकेको सो शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो पनि लागिरहेको मन्दिरका पुजारी गङ्गाराम गौतमले बताउनुभयो ।

विवाह गरी लामो समयसम्म सन्तान सुख प्राप्त नगरेका साथै भएकाले रक्षाका लागि सतीदेवीको उपल्लो आँेठ पतन भएर उत्पत्ति भएको सो महादेवको मूर्ति प्राकृतिक रहेकाले ज्योतिर्लिङ्ग शिवका रुपमा समेत पुज्ने गरिएको गौतमको भनाइ छ ।