काठमाडौं । मोडल कलाकार निशा घिमिरेको पशुपति स्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । नर्भिक अस्पतालमा उपचाररत् उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले बताउनु भयो।
उनको अन्तिम संस्कारका लागि बाक्लो उपस्थिति देखिएको छ । अन्त्येष्टिमा सहभागी, सहयोगी, FAAN परिवार,निशा परिवार , निशा घिमिरे संरक्षण कोषका आधिकारिक व्यक्तित्वहरु समाजसेवी दुर्गानाथ दाहाल, वरिष्ठ चलचित्रकर्मि मोहन निरौला, प्रवक्तारउपाध्यक्ष FAAN वरिष्ठ सन्चारकर्मी, समाजसेवी मित्रश्री प्रकाश सुवेदी, र पशुपति आर्यघाटमा सहभागी, सहयोगी चलचित्रकर्मी, संचारकर्मी सहभागि भए ।
घिमिरे लामो समयदेखि नर्भिक अस्पतालमा उपचाररत् थिइन्। पछिल्लो समय उनको मुटु र मिर्गौलाले काम गर्न छोडेको बताइएको छ ।















