८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ गठबन्धनलाई मुलुकको चिन्ता छैन : विष्णु पौडेल



अ+ अ-

बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान गठबन्धन सरकारलाई मुलुकप्रति कुने चिन्ता नभएको बताउनुभएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देहीले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७८/०७९ का विजयी खेलाडीहरूको सम्मानमा आइतबार आयोजना गरेको कार्यक्रममा पूर्वअर्थमन्त्री समेत रहेका नेता पौडेलले सत्ता गठबन्धनलाई मुलुकको चिन्ता भन्दा कसरी सत्ता जोगाउने भन्नेमात्र चिन्ता रहेको बताउनुभयो ।

वर्तमान सत्ता गठबन्धनमा राष्ट्रिय हितको रक्षा, मुलुकको विकास र समृद्धिको एजेण्डामा कुनै चासो नरहेको भन्दै यही गठबन्धन कायम रहेसम्म मुलुकका सबै क्षेत्र अस्तव्यस्त हुने उल्लेख गर्नुभयो । गठबन्धनकै कारण महँगी र भ्रष्टाचार बढेको उहाँको भनाइ थियो ।

उपाध्यक्ष पौडेलले एमालेले मात्र मुलुकलाई सही दिशा निर्देश गर्ने जिकिर गर्नुभयो । एमाले सरकारबाट हटेपछि मुलुकमा देखिएको बेथितिले पनि एमालेले मात्र सही ढंगले मुलुकको नेतृत्व गर्नसक्ने प्रष्ट भएको उहाँँको भनाइ थियो ।