२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या
अ अ+ अ-

रुपन्देही । गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पुर्याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनाबद्ध हत्या गरेका हुन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने ४४ वर्षीय पाण्डेको शनिबार शव भेटिएपछि हत्या भएको पुष्टि भएको हो ।

पाँच दिनदेखि सम्पर्कविहीन पाण्डेको अर्घाखाँची पाणिनी–२ मा पर्ने डाँडाकटेरीस्थित सिद्ध सामुदायिक वनमा शव भेटिएको हो । हत्याको अभियोगमा पाणिनि–२ घर भई हाल सैनामैना नगरपालिका–६ कलौनी बस्ने ४३ वर्षीय दीपक भनिने गौतमलाई प्रहरीले पक्राउ गरेको छ । गौतमले हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका गौतमलाई नेपाल भारत सिमाना बेलहियाबाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो । गौतमलाई बिक्री गरेको लु१ख ७७८१ नंको ट्रक पास गर्न भनी हिँडे पनि सोही दिनदेखि पाण्डे सम्पर्कमा नआएपछि छोरी शीलाले प्रहरीमा उजुरी गर्नुभएको थियो । यही साउन ११ गते इलाका प्रहरी कार्यालयमा निवेदन दिएपश्चात् खोजतलासको क्रममा पाण्डेको शव भेटिएको हो ।

प्रहरीका अनुसार गौतमले पाण्डेको नाममा रहेको ल१ख ७७८१ नंको ट्रक रु १६ लाख मूल्य कायम गरेपछि दिने सर्तमा नामसारी गरेकामा उक्त पैसा र घर निर्माण गर्दाको ऋण, मोटरपार्टस् सञ्चालन गर्दा लागेको ऋणका कारण ट्रकको पैसा बुझाउन नसकिने देखेपछि हत्या गर्ने योजना बनाएका बताइएको छ ।

गौतमले योजनाबद्धरुपमा यही साउन ९ गते पाण्डेलाई अर्घाखाँचीस्थित घरमा गएर पैसा दिने भन्दै फकाइफुलाइ गरेर लिई गएकोमा भोलिपल्ट घरबाट कालिज मार्न भनी जङ्गलमा लगि पछाडिबाट टाउकोमा फलामको रडले प्रहार गरेर हत्या गरी सोही स्थानमा रहेको भिरबाट तल खसालेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रमुख प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।

पाण्डेको हत्यापछि अघिल्लो दिन प्रहरीको सम्पर्कमा पुगेका अभियुक्त गौतम अर्को दिन फरार भएका थिए । “पाण्डेकी छोरी शीलालाई फोन गरेर मलाइ तनाव भयो, म अब तिम्रो नाममा आत्महत्या गर्छु भनेर हिँडेका थिए, शव भेटिएको भोलिपल्ट प्रहरीले पक्राउ ग¥यो”, पाण्डेका आफन्त पुष्कर पाण्डेले भन्नुभयो । पाण्डेलाई योजनाबद्ध तरिकाले अपहरण गरी अर्घाखाँची पु¥याएर हत्या गरिएको परिवार तथा आफन्तको आरोप छ ।

गौतमले सुनियोजित रुपमा विष्णु पाण्डेसँग किनेको गाडीको पैसा अर्घाखाँची गएर दिन्छु भनी बुटवलबाट अपहरण गरी अर्घाखाँची पु¥याएर हत्या गरेको मृतकका आफन्त उमेश कुँवरको दाबी छ । “हामीलाई पाण्डेको साथी गौतममाथि शङ्का लागेर प्रहरीमा उजुरी दिएका थियौँ तर प्रहरीले पहिले उनलाई सामान्य सोधपुछ गरेर मात्रै छाड्यो, आखिर उनैले हत्या गरेको प्रमाणित भयो”, कुँवरले भन्नुभयो ।

आरोपी गौतमले हत्या गर्न प्रयोग गरेको फलामको रड जय मोटरपार्टस्मा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले फेला पारेको छ । पाण्डेको शव सडकदेखि करिब आठ सय मिटर दूरीमा सिद्ध सामुदायिक वनको नेवारे खोला नजिक शरीरमा भित्री टिसर्ट र भित्री बस्त्र मात्रै लगाएको अवस्थामा भेटिएको थियो ।

टाउकोमा गहिरो चोटपटक, अनुहार तथा शरीरमा नीलडामसमेत रहेको अवस्थामा प्रहरी र स्थानीयवासीले पाण्डेको शव फेला पारेका थिए । शव भेटिएपछि पाण्डेका दाजु तेजबहादुर पाण्डेले अपहरण गरी शरीर बन्धक बनाएर हत्या गरेको जनाउँदै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनुभएको छ ।

आइतबार इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरी उहाँले घटनामा निष्पक्ष अनुसन्धान गरी न्याय दिन अनुरोध गर्नुभयो । अभियुक्तले मृतकको नामबाट आफ्नो नाममा गाडी पास गरी रकमसमेत नदिएकाले उक्त गाडीसमेत बरामद गरी परिवारलाई दिनुपर्ने तेजबहादुरको भनाइ छ । साथै मृतकका छोराछोरीको पालनपोषण, शिक्षादीक्षा, स्वास्थ्योपचारको व्यवस्था गराई क्षतिपूर्तिसमेत दिलाउन परिवारको माग छ । रासस