८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री खाणद्वारा खोटाङ भूूकम्पबारे जानकारी



अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले आज बिहान खोटाङमा गएको ६ रेक्टर स्केलको भूकम्प, त्यसबाट भएको क्षति र सरकारले गर्नुपर्ने उद्धारबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिनुभएको छ ।

गृहमन्त्री खाणले खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी र सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक कमल गिरीलाई टेलिफोन गरी भूकम्पको क्षति र गर्नुपर्ने उद्धारबारे जानकारी लिनुभएको हो । उहाँले प्रभावित भएका भए उचित व्यवस्थापन गर्न तथा जिल्ला र प्रदेशको स्रोतसाधनले नपुगेमा केन्द्रमा जानकारी गराउन निर्देशन दिनुभएको छ ।

खोटाङका प्रमुख जिल्ला अधिकारी सेढाईंका अनुसार जिल्लाको मार्तिमविर्ता केन्द्र बनाएर भूकम्प गएको थियो । भूकम्पबाट साकेला गाउँपालिका–५ वृष्टिका विकास कटुवालको ढुङ्गाको घर, डाडागाउँका प्रकाश प्रधान, हलेसी तुवाचुङ।नगरपालिका–९ सल्लेका ध्रुव पौडेल र सोही नगरपालिका–७ का सयङ्खुका गङ्गा राईको घरमा क्षति पुगेको छ ।

गृहमन्त्रालयका अनुसार अहिलेसम्म क्षतिको पूर्ण विवरण आएको छैन । सूचना प्राप्त हुनासाथ परिचालित हुने गरी नेपाली सेना, प्रहरी र विपद् व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको प्रजिअ सेढाईंले जानकारी दिनुभएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ ।