५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

प्लाष्टिकबाट सडक निर्माण

प्लाष्टिकबाट सडक निर्माण
अ+ अ-

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा खेर गएका प्लाष्टिकलाई उपयोग गरी सडक निर्माण गरिएको छ । शुक्लागण्डकी नगरपालिका– ७ सेराटारमा स्थानीयस्तरमा जम्मा गरिएको प्लास्टिक प्रयोग गरी सडक निर्माण गरिएको हो । नगरपालिका–७ सेराटारस्थित सूर्य नेपाल प्रालिको आर्थिक सहयोग एवंं पोखरास्थित ग्रिन रोड फोहर व्यवस्थापन प्रालिले प्राविधिक सहयोग गरेको थियो ।

उक्त सडक ३३० मिटर लामो छ भने सडकको चौडाई तीन दशमलव पाँच मिटर छ । सो कार्यका लागि २२० केजी प्लास्टिक प्रयोग भएको सूर्य नेपालका हुमनाथ अर्यालले बताउनुभयो ।

उक्त प्लास्टिक सेराटारका बासिन्दा र केही नगरपालिकाको फोहरमैला फाल्ने स्थानबाट सङ्कलन गरी ल्याइएको उहाँले जानकारी दिनुभयो । सडक निर्माणमा प्रयोग गरिएको प्लास्टिकले २० प्रतिशत अलकत्राको प्रयोग घटाउने अर्यालको भनाइ थियोे । पुनः प्रयोग गर्न नमिल्ने प्लास्टिकलाई सफा गरी आवश्यक तापक्रममा राखेर अलकत्रासँग मिसाएर प्रयोग गरिएको हो । केही महिनाअघि सूर्य नेपालको सहयोगमा प्लास्टिक जम्मा गर्न तालिम प्रदान गरी स्थानीय बासिन्दालाई प्लास्टिक जम्मा गर्न लगाइएको थियो ।

सडकमा प्लास्टिक प्रयोग भएपछि पानीले सडक चाँडो नबिग्रने, अलकत्राको प्रयोग कम हुने र आयात घट्ने व्यवस्थापन केन्द्रका प्राविधिक विमल बाँस्तोलाले जानकारी दिनुभयो । सडकका सबै संरचना निर्माणका लागि सूर्य नेपालले रु ४९ लाख र नगरपालिकाको रु तीन लाख लगानी गरेकोे बताइएको छ ।