६ श्रावण २०८३, बुधबार
,
Latest
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा नयाँ गुट थपिँदै, कुन गुट कति बलियो



अ+ अ-

काठमाडौं । मंसिर ९ देखि १३ सम्म १४औं महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसभित्रको आन्तरिक गुट–उपगुट केन्द्रदेखि वडा तहसम्म फैलिएको छ । अघिल्लो अधिवेशनमा तीन गुट स्पष्ट देखिएको यो पार्टीभित्र १४औं महाधिवेशनमा थप गुट स्थापित हुने देखिएको छ ।

१२औं महाधिवेशनसम्म दुई गुट रहेको कांग्रेसभित्र १३औं महाधिवेशनसम्म आइपुग्दा तीन गुट स्थापित भएको थियो । १४औं महाधिवेशनमा बढेर पाँच गुटसम्म पुग्ने अनुमान छ । यसअघि स्थापित संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा गुट, वरिष्ठ नेता रामचन्द्र पौडेल गुट र नेता कृष्णप्रसाद सिटौलाको गुट छिन्नभिन्न भएर थप गुट स्थापित हुने बाटोमा अग्रसर भइरहेको छ । देउवा पक्षका नेता उपसभापति विमलेन्द्र निधिले सभापतिको घोषणा गर्दै आफ्नो टिम बनाउन थालेसँगै चौथो गुटका रूपमा निधि पक्ष स्थापित हुने निश्चित देखिएको छ ।

देउवा गुटमा नेताहरू विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, रमेश लेखक, गोपालमान सिंह तथा महालक्ष्मी उपाध्याय, डिनालगायतका प्रभावशाली नेताहरू छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा डा. रामशरण महत, डा. शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह, डा. मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, बलबहादुर केसीलगायतका प्रभावशाली नेताहरू छन् ।

सिटौला गुटमा भीमसेनदास प्रधान, उमाकान्त चौधरी, शिवप्रसाद हुमागाईं, गगन थापा, प्रदीप पौडेललगायतका प्रभावशाली नेताहरू छन् । निधि गुटमा पनि प्रभावशाली नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, प्रदीप गिरीलगायत तराई क्षेत्रका थुप्रै नेता सक्रिय छन् ।

पौडेल गुटमा रहेका नेताहरू डा. शशांक कोइराला र शेखर कोइरालासँग छुट्टै गुट बनाए नेताहरू मीनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेल, दीपक गिरीलगायतका नेताहरू थपिने संकेत आइरहेको छ । देउवा गुटबाट नेतृत्व दाबी गर्दै विमलेन्द्र निधि छुट्टिएको बाहेक अन्य नेताले नेतृत्व दाबी गरेका छैनन् भने पौडेल गुटमा नेतृत्व दाबी गर्ने संख्या धेरै छ । पौडेल आफैं नेतृत्व लिन चाहिरहेका छन् भने डा. शेखर कोइराला, डा. शशांक कोइरालाले पनि नेतृत्व दाबी गरिरहेका छन् ।

आफ्नो गुटबाट नेतृत्वका लागि साझा उम्मेदवार अघि नबढाएसम्म वर्तमान सभापति देउवालाई हटाउन नसकिने निष्कर्ष निकाले पनि पौडेल समूहले साझा उम्मेदवार छान्न सकेको छैन । देउवाविरुद्ध साझा उम्मेदवार तयार गर्ने उद्देश्यले केन्द्रीय सदस्य बलबहादुर केसीले केही दिनअघि पौडेल पक्षको उपगुटका नेताहरूसमेतको भेला गराई साझा उम्मेदवार छान्ने कुराको प्रक्रिया शुरू गर्नुभएको थियो । यसलाई निरन्तरता दिँदै बैठक बस्ने क्रम अझै जारी छ ।

पछिल्लो समय डा. शेखर कोइरालाले साझा उम्मेदवार छान्ने कुरामा स्पष्ट रूपमा आफ्नो हैसियत देखाउने उचित प्लेटफर्म महाधिवेशन भएकाले आफू सभापतिको उम्मेदवार नछोड्ने बताएपछि वरिष्ठ नेता पौडेल सशंकित भएका छन् । ‘महाधिवेशनमा इच्छा हुने सबै सभापतिमा लडौं, पहिलो चरणमा जसको धेरै मत आउँछ, दोस्रो चरणमा उसैलाई समर्थन गरी अघि बढौँ’ भन्ने डा. कोइरालाको भनाइ थियो । कांग्रेस विधानमा सभापतिमा दुईभन्दा बढी उम्मेदवार भएमा विजयी हुन कुल खसेको मतको ५० प्रतिशत मत कटाउनुपर्ने छ । अन्यथा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचन हुन्छ ।

कांग्रेसको आन्तरिक राजनीतिमा भारतीय पक्षको समेत चासो र प्रभाव रहने बताइन्छ । अघिल्लो अधिवेशनको अन्तिम समयमा नेता प्रदीप गिरीले भारतीय पक्षको साथ र सहयोग देउवालाई उपलब्ध गराएपछि तत्कालीन अवस्थामा कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्कालगायतका नेताहरूले देउवालाई नै सहयोग गरेका थिए । १४औं महाधिवेशनमा भने नेता गिरीले आफ्नो उम्मेदवारका रूपम विमलेन्द्र निधिलाई अघि सारेपछि भारतीय पक्षको साथ र सहयोग निधिलाई नै हुने स्रोतको दाबी छ ।

देउवा गुटबाट छुट्टिएर सभापतिको उम्मेदवार घोषणा गरेसँगै निधिलाई तह लगाउन देउवा गुटका अर्का नेता गोपालमान सिंहले पनि आफ्नो गृह जिल्ला स्याङ्जा गएर १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । कांग्रेसको नेतृत्व युवा पुस्ताको हातमा लिने उद्देश्यका साथ नेता कल्याण गुरुङले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सभापतिको उम्मेदवारी दिने घोषणा गर्नुभएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।