२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको आजदेखि वडा अधिवेशन, यी २१ जिल्लामा अझै अनिश्चित



अ+ अ-

काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेसको तल्लो तहको अधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरू भएको छ । अधिवेशनको अघिल्लो दिनसम्म पनि क्रियाशील सदस्यताको विवाद टुंगो नलाग्दा २१ जिल्लाको वडा अधिवेशन भने अनिश्चित बनेको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार आज शुक्रबार क्रियाशील सदस्यको सूची प्राप्त ५६ जिल्लाका वडामा मात्र अधिवेशन शुरू हुँदै छ । बाँकी जिल्लामा क्रियाशील सदस्यको सूची निर्वाचन समितिले प्राप्त गरेलगत्तै अधिवेशन प्रक्रिया अघि बढाउने संयोजक यादवले बताउनुभएको छ ।

कांग्रेस अधिवेशनको कार्यतालिकाअनुसार भदौ २७ गते गाउँरनगर अधिवेशन गर्ने तालिका रहेको छ । वडाबाट छानिएका क्षेत्रीय प्रतिनिधिहरूले गाउँरनगरको कार्यसमिति निर्वाचित गर्ने भएकाले २७ गते अगाडि नै वडा अधिवेशन गर्नुपर्ने छ । कांग्रेसले बाँकी जिल्लाहरूमा गाउँरनगर अधिवेशनलाई असर नपर्ने गरी २५ गतेसम्म वडा अधिवेशन गर्न सकिने जनाएको छ । निर्वाचन समितिका संयोजक यादवका अनुसार पनि वडा अधिवेशन शुरू हुन बाँकी जिल्लामा पनि अबको चाररपाँच दिनभित्र अधिवेशन गर्न सकिने गरी तयारी भइरहेको छ ।

आजबाट तल्लो तहको अधिवेशन शुरू भएसँगै कांग्रेसभित्र संस्थापनइतर समूह भनेर चिनिने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्नो समूह एकढिक्का भएको सन्देश दिँदै वडादेखि केन्द्रसम्मै एकताका साथ अघि बढ्ने बताउनुभएको छ ।

‘पार्टीभित्रको व्यक्तिवादी प्रवृत्ति हटाएर कांग्रेसलाई कार्यकर्ता मात्र हैन आम जनताको भरोसाको केन्द्र बनाउन हामीहरू एकताबद्ध भएर अघि बढ्छौँ’, वरिष्ठ नेता पौडेलले भन्नुभयो– ‘केन्द्रीय महाधिवेशनमा पनि सभापतिका लागि पनि सहमतिमा एउटा मात्र उम्मेदवार दिन्छौं ।’ केन्द्रमा आफ्नो पक्षको एकता अन्तिम अवस्थासम्म रहने भन्दै तल्लो तहमा रहेका सबै नेता कार्यकर्तालाई ढुक्क रहन उहाँले आग्रह गर्नुभएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।