६ श्रावण २०८३, बुधबार
,
Latest
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन भदौ २२ अघि नहुने भयो मन्त्रिपरिषद् विस्तार ?



अ+ अ-

काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका जनप्रतिनिधिले निर्वाचन आयोगमा दल रोज्ने समयसीमा भदौ २२ गतेसम्म रहेकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै एक साता लाग्ने भएको छ ।

यसैबीच प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि मन्त्रिपरिषद् विस्तारका लागि सक्रियता बढाउनुभएको छ । बिहीबार प्रचण्डले प्रधानमन्त्री देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार सरकारले सार्वजनिक गरेको प्रतिबद्धताअनुसारको कामलाई अगाडि बढाउने विषयमा छलफल गर्न प्रचण्डले प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालसँग भेटवार्ता गर्नुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको डेढ महिना बितिसक्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भए पनि अझै मन्त्रालयको भागवण्डामा समेत सहमति जुट्न सकेको छैन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गतेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्न आग्रह गरेअनुसार अहिले सत्ता गठबन्धनका दलहरू आन्तरिक गृहकार्यमा जुटेको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।