१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

निलगिरी ‘क्यासकेड’को सुरुङ जोडियो

निलगिरी ‘क्यासकेड’को सुरुङ जोडियो
अ अ+ अ-

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन निलगिरी दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थु्रु’ भएको छ । निलगिरी खोला हाइड्रोपावर प्रवद्र्धक रहेको ७१ मेगावाट क्षमताको आयोजनाको चार हजार २७५ मिटर सुरुङ निर्माण बिहीबार जोडिएको हो । आयोजनाका इञ्जिनीयर केशव बाग्लेले पाँच वटा अडिटबाट सुरुङ खनिएको जानकारी दिनुभयो ।

नारच्याङको दोभानस्थित विद्युत्गृह र छोटेपाको बाँधतर्फबाट विसं २०७६ देखि सुरुङ निर्माण थालिएको थियो । सुरुङ निर्माणलाई जलविद्युत् आयोजनाको मुख्य काम मान्ने गरिएको छ । ब्रेक थु्रु भएको अवसरमा आयोजनाका प्रवद्र्धक, प्राविधिक, कर्मचारी, परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधिले खुसीयाली मनाएका थिए ।

“ब्रेक थ्रु भएको टनेलको फिनिसिङ गर्ने तयारी छ”, उहाँले भन्नुभयो, “बाँध र विद्युत्गृह निर्माण तथा इलेक्ट्रोमेकानिकलको कामलाई तीव्रता दिएका छौँ ।” अठतीस दशमलव सात मेगावाटको निलगिरी पहिलोको विद्युत्गृहबाट निस्कने पानीलाई बाँध बनाएर निलगिरी क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण भइरहेको छ । दुई वटै आयोजनाको प्रवद्र्धक एउटै निलगिरी हाइड्रोपावर हो ।

निलगिरी पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत्गृह निर्माण थालिएका इञ्जिनीयर वाग्लेले बताउनुभयो । क्यासकेडको विद्युत्गृहदेखि निलगिरी पहिलोको बाँध हुमखोलासम्म १३ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । छोटेपामा ३० मिटर लामो बेलिब्रिज निर्माण गरिएको छ । बस्तीदेखि टाढा रहेको निलगिरी खोला जलविद्युत् आयोजना निर्माणस्थल भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्छ ।

रु तेह« अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन् । निलगिरीखोलाबाट उत्पादन भएको बिजुली २२० केभी क्षमताको दाना सव स्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । छोटेपा–दोबिल्ना हुँदै दाना सव स्टेशन जोड्ने सात दशमलव चार किलोमिटर दूरीको २२० केभी क्षमताको प्रशारण लाइन निर्माण भइरहेको छ ।