९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक हजार चोरेको आरोपमा पत्नीको हत्या



सांकेतिक तस्बिर
अ+ अ-

लुम्बिनी । रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा रु एक हजार चोरेको आरोपमा एकजनाले पत्नीको हत्या गरेका छन् ।

कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मङ्गलबार राति हत्या गरेका हुन् । उनले मादक पदार्थ सेवन गरी पत्नीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रु एक हजारका विषयमा विवाद हुँदा पतिले घरको भित्तामा टाउको ठोक्काएर पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिनुुभयो ।

हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले यमबहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा हत्याको रहस्य खुलेको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार बिहान सावित्री आफ्नै कोठामा टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्रा र कोठामा रगत बगेको र छिटा देखिएको तथा शरीरका विभिन्न भागमा नीलडामसमेत रहेको अवस्थामा फेला पारेको थियो । यमबहादुरलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।