२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायालयमा दुई लाइन संघर्ष !!!



अ+ अ-

खाने र नखाने, जित्ने र हार्ने, नियुक्ति पाउने र नपाउने खेल न्यायालयमा पहिल्यैदेखि चलिरहेको छ । यो दुईलाइनको संघर्षमा दुईथरी मान्छेहरु पहिल्यैदेखि बांडिएपनि हालै यसको रेखा स्पष्ट कोरिएको छ ।

खासगरी खान पाउनेहरु र उनका चम्चेहरु एकातिर र नपाउनेहरु अर्कोतिर छन् । खान पाउनेहरु चम्चागिरी गर्छन् अर्थात् चम्चागिरी गर्नेहरु खान पाउछन् । खान पाउनु अर्थात् नियुक्ति पाउनु, अन्यअन्य कुराहरु पाउनुलाई चम्चाहरुले आफ्नो सफलता ठान्छन् ।

चम्चाहरु नियुक्ति पाउंछन्, घुम्छन्, हेलिकोप्टरमा शयर गर्छन् र रेष्टुरेण्टका महंगा विलहरु भर्छन् । अर्कोथरीहरु न नियुक्ति पाउछन्, न रेष्टुरेण्ट धाउंछन् न हेलिकोप्टर उडाउंछन् । दुईलाइनको संघर्ष अहिले उत्कर्षमा छ । भवन निर्माणको कमिशनमा कोही निर्लिप्त छन्, कोही त्यसको विरोधमा ।

कोही नियुक्ति पाउंनमा निर्लिप्त छन्, कोही विरोधको ध्याउन्नमा । न्यायालय इतरकाहरुलाई यो विषय आश्चर्यजनक लाग्नसक्छ, तर न्यायालयभित्र यो आश्चर्य लामो समयदेखि चलिरहेको छ । आश्चर्यको यो एउटा नियमितता धेरैलाई थाहा छ, तरपनि देखेको नदेखै वा सुनेको नसुनै गरेर बसीरहेका छन् । आंखा बन्द गरेर हिड्ने र कान थुनेर बस्ने प्रवृत्तिले न्यायालयलाई अहिलेको अवस्थामा पु-याएको छ । नेपालीले स्वतन्त्रता पायो भने कहासम्म पु¥याउंछ भन्ने यो एउटा गतिलो उदाहरण हो । यो दुइलाइनको संघर्ष अहिले उत्कर्षमा छ ।

कुनै जमानामा प्रधान न्यायाधीश र दोश्रो बरियताको न्यायाधीशबीच बोलचाल हुदैनथ्यो । दोश्रोलाई छेउकुना बनाउने खेल पहिला पनि चलेकै थियो, अहिले पनि चलिरहेकै छ । खासगरी नियुक्तिमा भागबण्डा दिनुपर्ला वा अन्य महत्वपूर्ण विषयमा सहभागी गराउनुपर्ला भन्ने चिन्ताले यो संघर्ष पहिल्यैदेखि चलेको पाइन्छ । आफू मुनिकाले सबै कुरा थाहा पाउला, भाग खोज्ला वा आफ्नो दुनो सोझ्याउला भन्ने डर हिजो पनि थियो र आज पनि छ । अनि थाहा पाइहालेकाले जति भजाउन सक्थ्यो, त्यति भजाएको उदाहरणहरु गनिसाध्य छैन ।

२०५६/५७ तिर अर्थात् आजभन्दा २२/२४ बर्षअघिदेखि नै यो दुईलाइनको संघर्ष सुरु भएको हो । अनौठो लाग्न सक्छ, यो भन्दा पहिला पनि संघर्षहरु थिए नै । २०४७ सालको संविधान जारी भएपछि पनि दुईलाइनको संघर्ष केही न केही प्रस्फुटित भएकै हो ।

तत्कालिन प्रधान न्यायाधीश र दोश्रो बरियताबीच संघर्ष नहुनै कुरै थिएन । न्यायपरिषद्को बैठकमा बस्ने, निर्णयहरुमा सहमति वा विरोध गर्ने कुरामा होस्, जानकारी बाहिर पु-याउने कुरामा नै दुईलाइनको संघर्ष जारी छ ।

यो संघर्षले बेलाबखत बेजोडले काम गर्दथ्यो । प्रधान न्यायाधीश र बरिष्ठबीच मात्रै होइन, न्यायपरिषद्को सचिव र सर्वोच्चको रजिष्ट्रारबीचको संघर्ष समेत ताजुबलाग्दा छन् । नियुक्तिहरुमा मात्रै होइन, मुद्दामा व्याख्याको संघर्ष पनि अचम्मसंग झांगिएका थिए ।

चम्चाहरु त्यसबेला पनि र अहिलेपनि पदीय मर्यादाबीच आफै पानपसलबाट मुखियालाई खुसी पार्न मिठापान कोटको खल्तिमा हालिरहेका छन् र मुखियाको मुखमा बुझो लगाइरहेका छन् ।

नियुक्तिमा तिनै चम्चेहरु अघि छन् र अवसरहरु लुटिरहेका छन् । भवन निर्माण होइन, रेक्ट्रोफिटिङमा समेत पैसा उडीरहेको छ, कम्प्युटर खरिदमा र गाडीमा पैसा उडीरहेका छ । आगे न्यायालयमा दुई लाइन संघर्ष जो चलिरहेको छ ।

-लेखक लुईटेल अधिवक्ता एबं सर्बोच्च अदालत बार एशोसिएसनका सदस्य समेत हुनुहुन्छ