१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

‘आधारभूत स्वास्थ्य सेवा लिन नै चार घण्टा हिँड्नुपर्छ ’

‘आधारभूत स्वास्थ्य सेवा लिन नै चार घण्टा हिँड्नुपर्छ ’
अ अ+ अ-

भोजपुर । भोजपुरका विकट तथा दुर्गम भेगका नागरिक आधारभूत स्वास्थ्य सेवा लिनबाट वञ्चित हुने गरेका छन् । यहाँका दुर्गम भेगका स्थानीयवासीलाई सामान्य स्वास्थ्य सेवा लिनको लागि तीन देखि चार घण्टाको दूरी हिँड्नुपर्ने अवस्था छ ।

स्वास्थ्य चौकीटाडा हुँदा सिटामोल तथा जीवनजल पाउन नै स्थानीयवासीलाई समस्या हुने गरेको छ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले र चोलन्तीका स्थानीयवासीले यस्तो समस्या वषौँबाट भोग्दै आएका छन् । दुर्गम क्षेत्र भएका कारण उनीहरुलाई सामान्य रुगाखोकीको औषधि लिनको लागि घण्टौँ पैदलयात्रा पार गर्नु पर्नेहुन्छ । यहाँका नागरिकले दुईदेखि तीन घण्टा समय लगाएर वडा कार्यालयमा स्वास्थ्य सेवा लिन जानुपर्ने अवस्था छ ।

त्यस्तै उनीहरु चार घण्टासम्म हिँडेर वडा नं ४ नागी र वडा नं ९ लेखर्कको पाँचधारेमा पुगेर आधारभूत स्वास्थ्य सेवा लिन बाध्य छन् । त्यहाँ पुग्नका लागि उनीहरुले चार घण्टासम्म यात्रा गर्नुपर्ने स्थानीयवासी सन्तोष विष्टले बताउनुभयो । विष्टले भन्नुभयो,‘‘हाम्रो क्षेत्रबाट आधारभूत स्वास्थ्य सेवा लिन धेरै समस्या छ । यहाँबाट स्वास्थ्य चौकी पुग्न धेरै टाडा छ । हामीले सामान्य औषधि खरिदको लागि पनि खावा, नागी तथा पाँचधारे नै पुग्नुपर्छ । जहाँ पुग्न दुईदेखि चार घण्टासम्म पैदलयात्रा गर्नुपर्ने हुन्छ ।’’ स्थानीयवासीले आफ्नो क्षेत्रमा सहज आधारभूत स्वास्थ्य सेवाको लागि माग गरिरहेका छन् । सामान्य खालका औषधि लिनसमेत घण्टौँ पैदल हिँड्नु पर्दा अकालमा ज्यान जाने अवस्था रहेको स्थानीयवासी हर्कराज लुइँटेलले जानकारी दिनुभयोे ।

वर्षातयाम सुरुभएपछि यातायात सेवा पूर्ण रुपमा बन्दा हँुदा झनै समस्या भएको लुइँटेलको भनाइ छ । उहाँले भन्नुभयो,‘‘हाम्रो क्षेत्रमा स्वास्थ्यको असाध्यै समस्या छ । हुन त आजको समस्या होइन् । वषौँबाट यही समस्या भोग्दै आएका छौँ । यो भेगका मानिसलाई पायकपर्ने स्थानमा स्वास्थ्य संस्था छैन । हामीले विभिन्न निकायमा यो क्षेत्रलाई लक्षित गरेर स्वास्थ्य चौकीको गरिरहेका छौँ । तर कुनै पनि निकायबाट पहल हुनसकेको छैन् । हाम्रो क्षेत्रमा एउटा स्वास्थ्य चौकीको अति नै आवश्यक छ ।’’

साविक खावा गाउँ विकास समितिक वडा नं– ९, ८ र ७ का स्थानीयवासीलाई लक्षित गरेर स्वास्थ्य चौकीको स्थापना गरी दिए सहज हुने मझौलेका स्थानीयवासी शिवकुमार विष्टले बताउनुभयो । ठूलो भूगोल रहेका कारण वडा कार्यालय रहेको स्थान वडा– ५ खावामा सेवा लिन जान सास्ती रहेको उहाँको भनाइ छ । वर्षातको सिजन रहेकोले विभिन्न खाले हैजाबाट बिरामी हुँदा घरयासी उपचार र धाँमी झाँक्रीको भरमा बस्नुपर्ने अवस्था रहेको विष्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘‘हाम्रो यो भूगोल निकै ठूलो छ । वडा कार्यालयमा रहेको स्वास्थ्य चौकी पुग्न नै हामीलाई दुईदेखि तीन घण्टा लाग्छ । बिरामीलाई स्टेचरमा बोकेर लैजाँदा त त्यो भन्दा बढी समय लाग्छ । यो क्षेत्रलाई लक्षित गरेर स्वास्थ्य चौकी स्थापना भए हामीलाई राहत पुग्ने थियो । हाम्रो क्षेत्रमा सामान्य स्वास्थ्य सेवा नपाएर नै ज्यान गुमाउनुपर्ने अवस्था छ । यसमा सरकोकारवाला पक्षको ध्यान गए हुने ।’’

स्थानीयवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि काम गरिरहेको टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ । कतिपय ठाउँमा आधारभूत स्वास्थ्य सेवा लिन नै समस्या रहेकोले त्यस्ता क्षेत्रमा स्वास्थ्य चौकी स्थापनाको लागि केन्द्र सरकारसँग पहल गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘‘हाम्रो गाउँपालिकामा मात्र नभएर जिल्लाका धेरै दुर्गम भेगमा यस्तो समस्या छ । झन वर्षात सुरु भएपछि त कतिपय ठाउँका स्थानीयवासीलाई स्वास्थ्य चौकी पुग्नै कठिन छ । त्यस्ता ठाँउलाई लक्षित गरेर सहज सेवाका लागि हामी पहल गछौँ । कतिपय कुरा स्थानीय सरकारको पहँुच भन्दा बाहिरको विषय भएकोले त्यस्ता विषयमा केन्द्र सरकारसँग समन्वय गर्नुपर्ने अवस्था छ । केन्द्र तथा प्रदेश सरकारसँग नागरिकको समस्यालाई समाधानमा गाउँपालिकाले काम गरिरहेको छ ।’’

गाउँपालिकाका विकट तथा दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरेर अस्थायी स्वास्थ्य केन्द्र सञ्चालन गर्ने अध्यक्ष बस्नेतको भनाइ छ । जसको लागि वडा नं १ तिम्माको खम्वुखा र वडा न २ रुमलामा स्वास्थ्य केन्द्र स्थापना गर्नको लागि काम भइरहेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष बस्नेतले भन्नुभयो,‘‘ हामीले दुर्गम भेगमा स्वास्थ्य सेवा विस्तार गर्न दुई स्थानमा अस्थायी स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारी गरिरहेका छौँ । वडा नं ५ खावाको चोलन्ती र मझौलेलाई लक्षित गरेर अस्थायी स्वास्थ्य केन्द्र स्थापना पर्ने योजना छ । अस्थायी रुपमा भए पनि त्यसपछि अन्य ठाउँमा पनि काम गर्छौँ । स्थायी रुपमा स्वास्थ्य चौकी स्थापना गर्नका लागि पनि पहल भइरहेको छ ।’’

सरकारले गत वर्षको मङ्सिर १५ गते देशभरसँगै भोजपुरका नौ ओटा स्थानीय तहमध्ये सात स्थानीय तहमा अस्पतालको शिलान्यास गरेको छ । तीन अस्पताल निर्माणको काम पनि भइरहेको छ । कतिपय स्थानीय तहमा भने अस्पताल निर्माणको काममा ढिलाइ भएको कारण स्थानीयवासीले गुनासो गर्दै आएका छन् ।

सरकारले यहाँका पौवादुङमा, अरुण, साल्पासिलिछो, टेम्केमैयुङ, रामप्रसाद राई, आमचोक र हतुवागढी गाउँपालिकामा पाँचदेखि १५ शय्याको अस्पताल शिलान्यास गरेको हो । यहाँका स्थानीय तहरुले आवश्यक प्रक्रिया पूरा गरेर निर्माणको काम गरिरहेको जनाएका छन् । पौवादुङमा गाउँपालिकाको रु चार करोड ८१ लाख १४ हजारमा लागतमा पाँच क्षमता अस्पताल निर्माणको काम ४५ प्रतिशत बढी सम्पन्न भएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । यहाँ गत वर्षको फागुन महिनाबाट निर्माण थालिएको हो ।

साल्पासिलिछो गाउँपालिकामा रु छ करोड ६५ लाख लागतमा पाँच शय्या, आमचोक गाउँपालिकामा रु १२ करोड ५० लाख लागतमा १० शय्या, हतुवागढी गाउँपालिकामा रु १६ करोड लागतमा १५ शय्या क्षमताको अस्पताल निर्माण हुने जनाइएको छ । त्यस्तै टेम्केमैयुङ गाउँपालिकाको कोटमा रु १८ करोड ६५ लाख १४ क्षमताको अस्पताल निर्माण हुनेछ । यहाँ ६६ स्वास्थ्य चौकी, ११ आधारभूत स्वास्थ्य सेवा केन्द्र, तीन प्राथमिक स्वास्थ्य केन्द्र, तीन सहरी स्वास्थ केन्द्र, सात सामुदायिक स्वास्थ्य इकाई र एक जिल्ला अस्पताल रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।