• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

पोखरामा ‘मेट्रो मेयर मिट नेपाल’ हुने



कास्की । पोखरामा देशभरका ६ महानगरका मेयर भेला हुने भएका छन् । आगामी साउन १३ र १४ गते पोखरामा ‘मेट्रो मेयर मिट नेपाल’ हुने भएको हो । सम्मेलनमा ६ महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ ।

सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानून र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदानप्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । पहिलो दिन लेकसाइडस्थित होटल बाराहीमा भेला भई सराङकोटस्थित सराङकोट माउण्टेन लजमा सहभागी पुग्नेछन् । जसमा संघीयता, महानगर र अबको बाटोबारे राष्ट्रिय योजना आयोगका
पूर्व उपाध्यक्ष डा। जगदीशचन्द्र पोखरेलको मुख्य प्रश्तुति रहनेछ ।

यस्तै, पोखरासहित काठमाडौ, विराटनगर, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकाका प्रमुखहरुले आफ्ना महानगरका मुख्य योजना तथा कार्यान्वयनका चुनौतीबारे सम्बोधन गर्नेछन् ।  महानगरका उपप्रमुखबाट ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदानप्रदान हुनेछ भने महानगरका प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानून र तिनका कार्यान्वयनका चुनौतीबारे मन्तव्य राख्नेछन् । साथै दोस्रो दिन महानगरको साझा सवालबारे संश्लेषण, महानगरमा पूर्वाधार विकास तथा सुशासनबारे पूर्वाधार विज्ञ डा। सूर्यराज आचार्यले प्रश्तुति राख्नुहुनेछ । यस्तै, महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता सम्भावना र चुनौतीबारे छलफल हुनुको साथै महानगरका साझा सवाल तथा आगामी कार्यदिशा विषयमा छलफल हुने पोखरा महानगरका प्रमुख आचार्यले बताउनु भयो । उहाँले महानगरबीचका काम र सम्भावनालाई उजागर गर्ने कुरामा पनि छलफल हुने बताउनु भयो ।

मेयर आचार्यले अनुभवी मेयरले भोगेका समस्या र समाधानका उपाय र नयाँ जनप्रतिनिधिबाट आउने योजनाका बारेमा विस्तृत छलफल
हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘महानगरपालिकाहरु स्वभाविक हिसावले जनसंख्या पनि बढी भएको, वडाहरु पनि धेरै भएको, नेपाल सरकारको स्थानीय तहलाई सबैलाई हेर्ने एकै खालको ऐन, नियमहरु भएको अवस्थामा केही विषयहरु अन्योलपूर्ण छन् । कतिपय संघसँग छन्, कतिपय प्रदेशसँग छन् । हामीले भोगेका समस्याहरु के हुन् ? हामीले के खालको सुझाव दिन सकिन्छ? र हाम्रा कामलाई सहजीकरण गर्नसक्छौँ भनेर हाम्रा अनुभवहरु शेयर गर्नको लागि हो । महानगरको पूर्वाधार विकासमा के खालको विकास गर्नसक्छौँ भन्ने कुराको छलफल गर्नको लागि हो । यसलाई हरेक वर्ष गर्ने गरेर तयार गरिरहे का छौँ ।’

अन्त्यमा, पोखरा घोषणापत्र जारी गर्दै सम्मेलन सकिनेछ । गत वैशाख ३० को स्थानीय तह निर्वाचनबाट आगामी ५ वर्षका लागि देशभरका स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएका छन् ।