११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’

पर्यटन बोर्ड र टानबीच पर्यटनसम्बन्धि सम्झौता (भिडियो सहित)

पर्यटन बोर्ड र टानबीच पर्यटनसम्बन्धि सम्झौता (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौंता भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच  जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको हो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले नेपाल पर्यटन बोर्डको गल्ती भए सुझाव दिन तर अन्यथा नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गर्नुभयो । उहाँले राज्यले ध्यान दिन नसकेको बेलामा पर्यटन बोर्डले ७० हजार म्याण्डेजदेखि १ लाख म्याण्डेजको काम खोज्नु भनेको आफैँमा उदाहरणीय काम भएको बताउनुभयो । उहाँले नेपाल एउटै भएकोले विदेशमा गएर प्रचारप्रसार गर्दा एकैप्रकारको प्रचार गर्न अनुरोध गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले यसका लागि बिस्तृत छलफल गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले भन्नुभयो, ‘हाम्रो गल्ती छ भने हामीलाई सुझाव दिनुपर्यो, हामीलाई भन्नुपर्यो, हामी सुध्रिन्छौँ, तर नेगेटिभ टिप्पणी मात्रै गर्नुभन्दा अगाडि आज राज्यले नै त्यति ध्यान दिन नसकेको बेलामा पर्यटन बोर्डले ७० हजार म्याण्डेजदेखि १ लाख म्याडेजसम्मको काम खोज्नु भनेको आफैँमा एउटा उदाहरणीय काम हो जस्तो मलाई लाग्छ, प्रचारप्रसारमा पनि हामी लागि परिरहेका छौँ, कोरोनाको यस्तो बेलामा पनि हामीले नेपाललाई चिनाउन भिडियो, अडियोहरु बनाइरहेका छौँ, हामी अहिले पहिला भन्दा अझै अग्रसर भएर काम गरिरहेका छौँ, संसारभर नै एक प्रकारले नेपाललाई प्रेजेन्ट गर्दा म गएर एक तरिकाले गर्छु, अमेरिकाको दूतावासले अर्को तरिकाले गर्ला, त्यस्तो नहोस्, नेपाल एउटै हो, त्यसलै बरु हामी डिस्कस गरौँ, के कस्तो खालको नेपाल चिनाउन खोजिएको हो ग्लोबली रुहामी कन्फ्यूज नगरौँ, भनेर अहिले नेपाल पर्यटन बोर्डले त्यतातिर पनि काम गरिरहेको छ, पर्यटन बोर्ड मूल उद्देश्य छोडेर बाहिर गएको छैन, हामी पर्यटन व्यवसायीहरु पलायन नभइ काम गरौँ ।’

कार्यक्रममा ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल ९टान० का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन विकासको लागि समूहगत रुपमा काम गरिरहेको बताउनुभयो । उहाँले पर्यटन व्यवसायसँग जोडिएका सबै श्रमीकहरुको सहकार्य र सहयोगमै टानले आफ्नो काम अघि बढाइरहेको जानकारी दिनुभयो । पर्यटन बोर्डसँगको यो सम्झौताको काम टानले दत्तचित्त गर्ने बताउँदै अध्यक्ष सुवेदीले सबै साथीहरुलाई जोडेर अन्तिममा गोल हान्ने काम टानको हातमा रहेको बताउनुभयो ।

अध्यक्ष सुवेदीले भन्नुभयो, ‘हामी नेपााल टुरिजम बोर्डसँग डाइरेक्ली नै इन्भल्व छौँ, हरेक दिन जस्तो यसम्बन्धी विभिन्न विषयवस्तुमा मिटिङ गरिरहेका छौँ, हामी ढिला होइन, ज्वाइन्ट रुपमा काम गरिरहेका छौँ, हिरोको रोल पछि हुन्छ भनेझैँ टानले आफ्ना गतिविधिमा सबै श्रमीक साथीहरुसँग सहकार्य गर्दै आएर अन्तिममा अरु साथीहरुलाई जोडेर अन्तिममा गोल हान्ने काम टानले गरेको छ, हामीले सम्पूर्ण पर्यटसँग रिलेटेड श्रमीकहरुलाई रोजगारी दिनुपर्नेछ, त्यसले टान पनि एउटा पात्र भएको हुनाले टानले यो सम्झौता गरिरहेका छौँ, खासगरी नेपाल टुरिजम बोर्डसँग सहकार्य र रिलेशन बढाउने कुरोमा अहिलेको टानको कार्यसमिति दत्तचित्त भएर लाग्नेछ, तपाईहरुले गरेको कामहरुमा दाहिने हात भएर अगाडि बढ्नेछ, टानको अहिलेको कार्यसमितिको समयवधि केही समय मात्र बाँकी छ, तर आउने कार्यसमितिले पनि हाम्रा गाइडलाइन, पदचापलाई फलो गर्नेछन्, यस अर्थमा पनि हामीले सम्पूर्ण टीमको तर्फबाट यो कार्यक्रमलाई अघि बढाउनेछौँ ।’

अध्यक्ष सुवेदीले टानले अब ढिला नगरीकन नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर पर्यटन विकास र प्रवद्र्धनको कामलाई अघि बढाउने बताउनुभयो । टानले के गर्यो भन्ने प्रश्न आइरहेको बताउँदै अध्यक्ष सुवेदीले टान सम्बन्धित सबै निकायसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।