१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर

वर्षातले डोटीका सडक अवरुद्ध, गाउँमा खाद्य सङ्कट

वर्षातले डोटीका सडक अवरुद्ध, गाउँमा खाद्य सङ्कट
अ अ+ अ-

डोटी । डोटीमा केही दिनयतादेखि भइरहेको लगातारको वर्षातले यहाँका ग्रामीण क्षेत्रका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएपछि यहाँका गाउँघरमा खाद्य सङ्कटको अवस्था सृजना भएको छ । वर्षातले ठाउँठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका हुन् । वर्षाले यहाँका ग्रामीण सडक भत्किएका तथा बिग्रिएका कारण सवारी साधन सञ्चालन गर्न समस्या भइरहेको शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेमबहादुर रावलले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय दिपायल कुल्पातेका अनुसार वर्षाका कारण यहाँका जोरायल, गड्सेरा, दिपायल नापानी, बोगटान, धुर्कोट, मुडभारा, नारीदाङ, गैरा–धुर्कोट सडकमा यातायात अवरुद्ध छन् । सडक अवरुद्ध भएर सवारी साधन चल्न समस्या भएपछि यहाँका गाउँघरका नागरिकलाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि समस्या हुँदै आएको नारिदाङका स्थानीयवासी लक्ष्मणबहादुर माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षाले गाउँका सडक बन्द भए हामीलाई दैनिक उपभोग्य वस्तु खरिदका लागि पनि समस्या भएको छ, सामान्य नुन र तेल किन्न पनि हिँडेर दिपायल पुग्नुपर्ने बाध्यता छ ।”

वर्षाका कारण अवरुद्ध भएका सडक सञ्चालनका लागि पहल भए पनि वर्षा नरोकिएका कारण खुलाउन नसकिएको सडक डिभिजन कार्यालय दिपायल कुल्पातेले जनाएको छ । गाउँका सडकमा यातायातका साधन सञ्चालन हुन बन्द भएपछि अहिले यहाँका किसानले उत्पादन गरेका तरकारी बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेको बोगटान फुड्सिल गाउँपालिका–५ का किसान देवबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा साग तरकारी तथा फलफूल प्रशस्त मात्रामा फलेका छन्, बिक्री गर्न बजार लैजान सक्ने अवस्था नभएर सबै बारीमै कुहिन थाले, किसानलाई समस्या भयो ।”

लामो समयदेखिको वर्षातले गाउँका सडक अवरुद्ध हुँदा स्थानीयवासी तथा किसानलाई झनै सास्ती हुँदै आएको छ । यतिमात्र नभई सडक अवरुद्ध भएका कारण यहाँका गाउँघरमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि समस्या भएको उग्रतारा यातायात प्रालि दिपायल शाखाका प्रमुख किष्णराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षातले सडक अवरुद्ध भए, गाउँमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सकिएको छैन, गाउँमा खाद्य सङ्कटको अवस्था सृजना भएको छ ।” यतिमात्र नभई लगातारको वर्षाका कारण यहाँका नदी तथा खोलामा बाढी आएका कारण जोखिम निम्तिन सक्ने भन्दै स्थानीयवासीहरुमा त्रास उत्पन्न भएको जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीयवासी मोहनबहादुर पातलीले बताउनुभयो ।