काठमाडौं । हतियार चोरीको आरोप लागेका दुई सैनिकले सफाइ पाएका छन् ।
२०७५ पुसमा नेपाली सेनाको चितवनस्थित गणबाट हराएको हतियारका सम्बन्धमा कैद भुक्तान गरिरहेका अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङलाई सैनिक विशेष अदालतद्वारा सफाइ मिलेको हो ।
सफाई मिलेपनि दुवैलाई २०७५ चैतबाट लागू हुने गरी ३ वर्षका लागि पदोन्नति भने रोक्का गरिएको छ ।
सफाई पाएसँगै दुवै सैनिक साविककै पदमा पुनर्बहाली भएका छन् ।










