११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

नागरिकता विधेयक पहिला आओस्, त्यसपछि सीमा भित्र रहेर के गर्न सकिन्छ हेर्छु: राष्ट्रपति भण्डारी

नागरिकता विधेयक पहिला आओस्, त्यसपछि सीमा भित्र रहेर के गर्न सकिन्छ हेर्छु: राष्ट्रपति भण्डारी
अ अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे अध्ययन गरेपछि यसबारे धारणा बनाउने बताउनु भएको छ ।

विभिन्न सञ्चार माध्यमका सम्पादक, प्रकाशक तथा स्तम्भकारहरुसँग मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भन्नुभयो ‘नागरिकताबारे अध्ययन गर्नुपर्छ। पहिला यहाँ आओस्, त्यसपछि हेर्छु।’ उहाँले अगाडी भन्नुभयो ‘यो आजको रोग होइन, अंगीकृतका विषयमा संविधानले पनि बोलेको छ। केही हामीले अपनाउनुपर्ने विषय छ। मेरो सीमाभित्र रहेर मैले काम गर्नुपर्छ। कतिपय कुराहरु हामीले भन्न मिल्दैन। म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन भनेर हामीले सपथ खाएका हुन्छौं।’

राष्ट्रपति भण्डारी समक्ष संञ्चारकर्मीहरुले नागरिकता बिधयेक ,परराष्ट्र , सुरक्षा , भूराजनीति ,शुसासन , महङ्गी, गठबन्धन, सक्रमणकालीन न्याय, न्यायपालीका , प्रधानन्यायधीस माथीको महाअभियोग र संघियताको बिकल्प लगायतका बारेमा जिज्ञासा राखेका थिए ।

यसका साथै राष्ट्रपति र नागरिकको सम्बन्ध, दुई कार्यकालको भूमिका लगायतका बारेमा पनि जिज्ञासा राखेका थिए ।  राष्ट्रपति भण्डारीले उठेका प्रश्नहरुको समग्रमा जबाफ दिनु भएको थियो ।

उहाँले सत्ता गठबन्धन आफनो सरोकारको बिषय नभएको बताउनु भयो उहाँले भन्नुभयो ‘गठबन्धन के कस्तो छ, मेरो मामला होइन। जस्तो भए पनि जनतामा राम्रो होस्। कसले राम्रो काम गर्छ त्यसलाई जनताले न्याय गर्छन्। कमसेकम देश र जनताको हित हुनुपर्यो।’

राष्ट्रपति भण्डारीले नेताहरुले चुनाव खर्चिलो भयो भनेर नेताहरुले भाषण गरेको आफूले सुनेको उल्लेख गर्दे टिप्पणी गर्नुभयो चुनावमा बढी खर्च हुन्छ भनेको के हो ? मलाई बुझाइदिनोस् । जनतामा के देखाएर भोट लिने ? आधारभूत कुरामा त जानुपर्छ होला नि । तामझाम गरेर जाने की जनताको मन जित्ने हो ?।’

राष्ट्रपति भण्डारीले ‘प्रदेशको संरचनाबारे प्रश्न उठेको उल्लेख गर्दे यस बारेमा आफूले कुनै धारणा नबनाएको बताउनु भयो । उहाँले भन्नुभयो यो बिषयमा टिप्पणी गर्न जिम्मेवारीको हिसाबले उपयुक्त हुँदैन जस्तो लाग्छ।’

राष्ट्रपति भण्डारीले नेपाली उत्पादनलाई प्रोत्साहन र प्रर्बद्धनका लागि आफूले सकारात्मक सोचका साथ काम गरेको समेत स्मरण गराउनु भयो । उहाँले कतिपय मानबिय संबेदनासंग जोडिएको बिषयमा पनि नकारात्मक टिप्पणी गर्ने गरेको गुनासो गर्नुभयो ।

उहाँले यो बर्ष चुनावी बर्ष रहेको उल्लेख गर्दे आफूले दुई कार्यकालमा गरेको काम बाट असन्तुष्ट हुने ठाँउ नरहे पनि सोचेको काम भने पुरा गर्न नसकेको बताउनु भयो । उहाँले भन्नुभयो ‘सबै निकायहरुको तदारुकता आबश्यक पर्छ सबैले आत्मालाई साक्षी राखेर राष्ट्रलाई राम्रो बनाउने प्रण गर्ने हो भने परितर्वन सम्भब छ । सबै स्टेक होल्डरहरु पनि उत्तिकै जिम्मेवार हुनुपर्छ ।’

उहाँलले लोकतन्त्र बलियो बनाउने हो भने अर्थतन्त्र बलियो बनाउनु को बिकल्प नभएको बताउनु भयो । राष्ट्रपति भण्डारीले नेपाली पासपोर्ट लाई अन्तराष्ट्रिय समूदायले गर्ने मुल्याङ्कनले मुलुकको अवस्था चित्रण गरेको बताउनु भयो ।

अर्थतन्त्र प्रति निनै चिन्ता र चासो व्यक्त गर्दे राष्ट्रपति भण्डारीले भन्नुभयो ‘खुट्टाले टेकेर हिड्नु पर्छ टाउकोले टेकेर हिडे के हुन्छ हाम्रो अबस्था यस्तो छ । १७ खर्बको बजेट छ, १७ खर्बकै व्यापारघाटा हुन्छरु’ यो त अति भएन र? ।”