१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

अनुकुल समय आएपछि उम्मेदवारी घोषणा गर्छु – डा महत

अनुकुल समय आएपछि उम्मेदवारी घोषणा गर्छु – डा महत
अ अ+ अ-

नेपाली काँग्रेसका सहमहामन्त्री डा महतले आफूले अनुकुल समय आएपछि आफूले उम्मेदवारी घोषणा गर्ने बताउनुभएको छ । उहाँले कांग्रेसको यही भदौ १८ देखि सुरु भएको वडा अधिवेशनमा उत्साहपूर्वक सहभागिता देखिएको बताउँदै भन्नुभयो “वडा अधिवेशनले पार्टीभित्र ऊर्जा र जाँगर थपेको छ ।” 

सहमहामन्त्री डा महतलाई यहाँको उम्मेदवारी केमा हुन्छ भनी पत्रकारले गरेको प्रश्नमा उहाँले कांग्रेसको महाधिवेशन आउन झण्डै तीन महिना समय बाँकी रहेको भन्दै अनुकूल समय आएपछि आफूले उम्मेदवारी घोषणा गर्ने बताउनुभयो । उहाँले सामान्यतया आफूले उपाध्यक्ष या महामन्त्रीमा आफ्नो मानसिकता बनिसकेको भन्दै तर समय आएपछि औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने बताउनुभएको हो ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री डा महतले सरकारले सबै मित्रराष्ट्रसँग एउटै विदेश नीति अवलम्बन गर्ने बताउनुभयो ।

उहाँले वर्तमान सरकारले विदेश नीति अबलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताउनुभएको हो । “एउटा मित्रराष्ट्रसँग सम्बन्ध राख्दा एउटा मापदण्ड र अर्को मित्रराष्ट्रसँग सम्बन्ध राख्दा अर्को मापदण्ड बनाउनु हुँदैन”, उहाँले भन्नुभयो ।

उहाँले वर्तमान सरकारले विश्वासका आधारमा छिमेकी देशबीचको सम्बन्ध अगाडि बढाएको बताउनुभयो । डा महतले नेपालको परराष्ट्र नीतिको मूलमन्त्र आफ्नो देशको स्वार्थ र हितको संरक्षण गर्नु भएको स्पष्ट पार्नुभयो । सरकारले आफ्नो स्वार्थ र आवश्यकतालाई केन्द्रविन्दुमा राखेर विदेश नीति बनाउने उहाँको भनाइ छ ।

उहाँले चीनसँगको सीमा विवादका विषयमा सरकारले अध्ययन समिति बनाएकाले त्यसको निष्कर्ष के आउँछ त्यसैका आधारमा हुने बताउनुभयो । जस्तो कि भारतसँग पनि हालैको महाकालीमा तुइन घटनाका विषयमा सरकारले छानबीन समिति बनाएर नै अनुसन्धान गरेको र त्यसको निष्कर्षका बारेमा नेपाल सरकारले काम गरिरहेको पनि बताउनुभयो ।

उहाँले एमसिसीका विषयमा गरिएको एक प्रश्नमा भन्नुभयो कतिपय पक्षमा नागरिकबाट प्रश्नहरु उठिरहेकाले त्यस विषयमा सम्बन्धित निकायले स्पष्ट पार्ने नै छ भन्नुभयो ।  रासस