६ श्रावण २०८३, बुधबार
,
Latest
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारीको मूल्य सातामै १ सय ७४ प्रतिशतसम्म बढ्यो



अ+ अ-

काठमाडौं । हरियो तरकारीको मूल्य साता दिनमै १ सय ७४ प्रतिशत सम्मले बढेको छ । केही दिनअघि लगातार रूपमा परेको वर्षाका कारण किसानले लगाएको तरकारी बाली नष्ट भएपछि मूल्य बढेको बताइएको छ ।

भिन्डी, लौका, घिउसिमी, स्थानिय काउली, घिरौंला, चिचिन्डो, भन्टा, करेलालगायत हरियो तरकारीको मूल्य बढेको पाइएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार १ साताअघि प्रतिकिलो २० रुपैयाँ रहेको घिरौंलाको मूल्य शनिवारसम्ममा १ सय ७४ प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ५५ रुपैयाँ कायम भएको छ । यसअघि २५ रुपैयाँ प्रतिकिलो रहेको तितेकरेलाको मूल्य अहिले १ सय २३ प्रतिशतले वृद्धि हुँदै ५५ रुपैयाँ प्रतिकिलो कायम भएको छ । भिन्डीको मूल्य १ सय २० प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ३० रुपैयाँबाट ६६ रुपैयाँ निर्धारण भएको छ ।

त्यसैगरी घिउसिमिको मूल्य पनि १ सय १० प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ५५ रुपैयाँबाट १ सय १५ रुपैयाँ भएको छ । लाम्चो भन्टाको मूल्य १ सय प्रतिशतलले वृद्धि भई प्रतिकिलो २५ रुपैयाँबाट ५० रुपैयाँ कायम भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यले लगातार भएको वर्षात्का कारण किसानले लगाएको तरकारीबाली बारीमै कुहिएर नष्ट भएपछि तरकारीको मूल्य एक्कासि बढेको बताए । नेपाली उत्पादन बारीमै नष्ट भएर मूल्य बढ्न थालेपछि व्यापारीहरूले भारतबाट तरकारीको आयात बढाएको उनले जानकारी दिए । उनका अनुसार भारतबाट तरकारी आउने क्रम शुरू भइसकेकाले विस्तारै फेरि मूल्य घटेर पुरानै स्थितिमा फर्किनेछ ।

दैनिक ८ सय देखि ९ सय टन तरकारी भित्रिने कालीमाटी बजारमा वर्षाका कारण तरकारी बारीमै कुहिन थालेपछि घटेर दैनिक ३ सय टनसम्म झरेको थियो । १२, १३ र १४ गते सबैभन्दा कम परिमाण तरकारी भित्रिएको थियो । यी दिनमा क्रमशः ५ सय, ३ सय र ४ सय टन तरकारी कालीमाटीमा भित्रिएको समितिको दैनिक तरकारी आगमन विवरणले देखाएको छ । त्यसयता तरकारी भित्रिने दर पुरानै अवस्थामा फर्किसकेको भए पनि तरकारीको मूल्य भने घटेको पाइँदैन । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।