५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

३ अर्ब लगानीमा विराटनगरमा सेञ्चुरियन मल सञ्चालन हुने

३ अर्ब लगानीमा विराटनगरमा सेञ्चुरियन मल सञ्चालन हुने
अ+ अ-

काठमाडौं । पूर्वउद्योग राज्यमन्त्री, सांसद तथा उद्योगी मोतिलाल दुगडले ३ अर्ब लगानीमा विराटनगरमा सेञ्चुरियन मल सञ्चालन गर्नुहुने भएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्यागी दुगडले चाँडै विराटनगरमा ३ अर्बको लगानीमा बनेको मलमा पाँच तारे होटल सेञ्चुरियन सञ्चालनमा ल्याउने बताउनु भयो । उद्योगी दुगडले प्रदेश एकमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मलमा पाँच तारे होटलसहित एउटै छानामुनी कर्पोरेट, कमर्सियल, सपिङ मल, मनोरञ्जन सुविधा उपलब्ध हुने बताउनु भयो ।

उहाँले सेञ्चुरियल मल करिव डेढ विघा क्षेत्रफलमा फैलिएको बताउनु भयो । उद्योगी दुगडले पाँच तारे होटल सेञ्चुरियनको सञ्चालन र व्यवस्थापन अन्तर्राष्ट्रिय चेन होटल रेडिसनले गर्ने जानकारी दिनुभयो । उहाँले स्तरीय होटल १८ महिनापछि सञ्चालनमा आउने पनि बताउनु भयो ।

उद्योगी दुगडले विराटनगरस्थित विमानस्थलबाट ४.२ किलोमिटर तथा भारतबाट १५ मिनेटको दूरीमा अवस्थित होटलमा स्वदेशी, भारतीय र तेस्रो मुलुकका पर्यटकलाई ल्याउन सकिने बताउनु भयो । उहाँले सेञ्चुरियन होटलमा आउने पाहुनहरुले मलभित्रै सपिङ र मनोरञ्जनको सुविधा लिनसक्ने बताउनु भयो । उहाँले होटलमा १४० कोठा, क्यासिनो,स्वीमिङ पुल, जीम, स्पा, १० हजार स्क्वायर फिटको विशेष प्रकारको रेष्टुराँ तथा बेन्क्युट र फिल्म हलको सुविधासमेत उपलब्ध हुने बताउनु भयो ।

सेञ्चुरियन मलमा अन्तराष्ट्रिय ब्राण्डका कफिशप लगायत अन्य ब्राण्डहरु समेत रहने भएकाले अन्तर्राष्ट्रिय पर्यटन धेरै भन्दा धेरै आकर्षित गर्न सकिने विश्वास रहेको सञ्चालक दुगडले बताउनु भयो । उहाँले नेपालमा यस्ता भौतिक पूर्वाधार र सेवासुविधा भएको पूर्वाधार बनेपछि मात्रै नेपालको पर्यटन क्षेत्रको विकास र मुलुक बन्ने बताउनु भयो ।

दुगडले नेपालमा अथाहा सम्भावना रहेको तर जोखिम मोल्नुपर्ने बताउनु भयो । सेञ्चुरियन मलमा नेपालकै एउटा युनिक आयोजना रहेको दाबी उहाँले गर्नु भयो । सोमवार नै अन्तर्राष्ट्रिय चेन होटल रेडिसनसँग सञ्चालन र व्यवस्थापनको लागि सम्झौतामा हस्ताक्षर भएको छ । दुगडले विगत लामो समयदेखि सेन्चुरि मसला उद्योग लगायत अन्य धेरै उद्योगहरु सञ्चालन गर्दै आउनुभएको छ ।