२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनासँग मिल्दोजुल्दो के हो स्क्रब टाइफस ?



अ+ अ-

काठमाडौं । कोरोना भाइरससँग मिल्जोजुल्दो  लक्षण  भएको  'स्क्रब  टाइफस’  रोग देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  सतर्कता  अपनाउन  आग्रह  गरेको  छ  ।

अहिलेको  सिजन  स्क्रब  टाइफस  रोग  फैलन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको  हो  ।  मन्त्रालयका  सहप्रवक्ता  डा.  समीरकुमार अधिकारीले कोरोनासँग मिल्दोजुल्दो लक्षण  भएको  स्क्रब  टाइफस  देखिन  थालेको  जानकारी दिए । कोभिड–१९  जस्तै  स्क्रब  टाइफसमा  मानिसलाई  उच्च  ज्वरो  आउने,  आँखा  रातो  हुने, खोकी, बान्ता, पेट दुखाइ र पखाला लाग्ने, सास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ  कालो  दागजस्ता  लक्षण  देखिने  गर्छन्  । 

डा.  अधिकारीले  मानिसले  पछिल्लो  समय कोरोनालाई खासै वास्ता नगरेको र लक्षण देखिहालेमा  अन्य  कामलाई  बाधा  हुने  डरले  परीक्षण  नगराउने  गरेको  जानकारी  दिए ।  उनले कोरोना हो भनेर बसेमा स्क्रब टाइफस हुने र त्यसले अन्य अङ्गलाई असर गर्ने हुँदा परीक्षण गर्न सुझाव दिए । सरुवा  रोग  विशेषज्ञ  डा।  शेरबहादुर  पुनले  स्क्रब टाइफस 'ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एकप्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग भएको जानकारी दिँदै यसले मस्तिष्क,  कलेजो,  फोक्सोमा  सङ्क्रमण  हुने  बताए ।

स्क्रब  टाइफस  रोग  समयमै  पहिचान भएमा औषधि सेवन गर्दा निको हुने र हेल्चेक्र्याइँ गरेको अवस्थामा मृत्युसम्म गराउन सक्ने चेतावनी दिइएको छ । स्वास्थ्य मन्त्रालयले स्क्रब टाइफस रोगको लक्षण कोरोना भाइरससँंग  मिल्दोजुल्दो भएकाले कोरोना परीक्षण गर्दा नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ ।

स्क्रब टाइफस रोग मुसाका कान वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्छ । सहप्रवक्ता डा। अधिकारीले समयमै रोगको पहिचान गरी औषधि सेवन गरे रोग निको हुने जानकारी दिए । स्क्रब टाइफसबाट बर्सेनि मानिसको  मृत्यु  हुने  गरेको  छ  ।  सरुवा  रोग  विशेषज्ञ डा। वासुदेव पाण्डेले विशेषतः मुसा बढी भएका ठाउँमा स्क्रब टाइफसको जोखिम बढी हुने जानकारी दिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।