६ श्रावण २०८३, बुधबार
,
Latest
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनासँग मिल्दोजुल्दो के हो स्क्रब टाइफस ?



अ+ अ-

काठमाडौं । कोरोना भाइरससँग मिल्जोजुल्दो  लक्षण  भएको  'स्क्रब  टाइफस’  रोग देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  सतर्कता  अपनाउन  आग्रह  गरेको  छ  ।

अहिलेको  सिजन  स्क्रब  टाइफस  रोग  फैलन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको  हो  ।  मन्त्रालयका  सहप्रवक्ता  डा.  समीरकुमार अधिकारीले कोरोनासँग मिल्दोजुल्दो लक्षण  भएको  स्क्रब  टाइफस  देखिन  थालेको  जानकारी दिए । कोभिड–१९  जस्तै  स्क्रब  टाइफसमा  मानिसलाई  उच्च  ज्वरो  आउने,  आँखा  रातो  हुने, खोकी, बान्ता, पेट दुखाइ र पखाला लाग्ने, सास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ  कालो  दागजस्ता  लक्षण  देखिने  गर्छन्  । 

डा.  अधिकारीले  मानिसले  पछिल्लो  समय कोरोनालाई खासै वास्ता नगरेको र लक्षण देखिहालेमा  अन्य  कामलाई  बाधा  हुने  डरले  परीक्षण  नगराउने  गरेको  जानकारी  दिए ।  उनले कोरोना हो भनेर बसेमा स्क्रब टाइफस हुने र त्यसले अन्य अङ्गलाई असर गर्ने हुँदा परीक्षण गर्न सुझाव दिए । सरुवा  रोग  विशेषज्ञ  डा।  शेरबहादुर  पुनले  स्क्रब टाइफस 'ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एकप्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग भएको जानकारी दिँदै यसले मस्तिष्क,  कलेजो,  फोक्सोमा  सङ्क्रमण  हुने  बताए ।

स्क्रब  टाइफस  रोग  समयमै  पहिचान भएमा औषधि सेवन गर्दा निको हुने र हेल्चेक्र्याइँ गरेको अवस्थामा मृत्युसम्म गराउन सक्ने चेतावनी दिइएको छ । स्वास्थ्य मन्त्रालयले स्क्रब टाइफस रोगको लक्षण कोरोना भाइरससँंग  मिल्दोजुल्दो भएकाले कोरोना परीक्षण गर्दा नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ ।

स्क्रब टाइफस रोग मुसाका कान वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्छ । सहप्रवक्ता डा। अधिकारीले समयमै रोगको पहिचान गरी औषधि सेवन गरे रोग निको हुने जानकारी दिए । स्क्रब टाइफसबाट बर्सेनि मानिसको  मृत्यु  हुने  गरेको  छ  ।  सरुवा  रोग  विशेषज्ञ डा। वासुदेव पाण्डेले विशेषतः मुसा बढी भएका ठाउँमा स्क्रब टाइफसको जोखिम बढी हुने जानकारी दिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।