२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ५४.४५ अंकले वृद्धि



symbolic picture
अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि आइतबार पनि नेप्से परिसूचक उच्च अङ्कले बढेको थियो । बजारले आज पनि सोही लय पछ्याउदै अगाडि बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५४.४५ अङ्कले उकालो लागेर दुई हजार १३२।९६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.०५ अङ्कले उकालो लागेर ४०७.३८ मा पुगेको छ ।

कूल २१४ कम्पनीका ९९ लाख ४४ हजार ४८ कित्ता शेयर रु चार अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ मूल्यमा खरिद बिक्री भए । यसबाट नेप्से परिसूचक र कारोबार रकममा वृद्धि भएको देखिन्छ ।

कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार बैंकिङ २१.५१, व्यापार ५०.३८, होटल तथा पर्यटन ७५.६७, विकास बैंक २१३.३८, जलविद्युत् १०७.१३, वित्त १३८.१९, निर्जीवन बीमा १२५.७७, उत्पादन १७०.०९, अन्य १४.३९, लघुवित्त १८५.९८, जीवन बीमा २१०.७९, सामूहकि लगानी कोष ०.१ र लगानी १.७४ अङ्कले उकालो लागेको छ ।

सोमबारको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब ४५ अर्ब ७३ करोड ५९ लाख ९८ हजार ३७७ बराबर पुगेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड २९ लाख २५ हजार ६७८ बराबरको कारोबार भयो । यस्तै अरुण काबेली पावर रु १४ करोड ५१ लाख १५ हजार ३४२, नेपाल दूरसञ्चार कम्पनी रु ११ करोड ५१ लाख सात हजार ४०५, हिमालयन डिस्टिलरी रु ११ करोड ४९ लाख ८४ लाख ३१४ र माथिल्लो तामाकोशी रु १० करोड ६० लाख ३१ हजार ६९५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

सात कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । आजको कारोबारमा ती कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स, सूर्योदय बोमी लघुवित्त, ग्रनि डेभलपमेन्ट, युनाइटेड मोदी हाइड्रोपावर, मानुषी लघुवित्त, बलेफी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो ।

यस्तै कूल १८ कम्पनीको शेयर मूल्यसमेत नौ प्रतिशत बढीले वृद्धि भएको छ । त्यस्तै मन्जुश्री फाइनान्स ५.८७, कुमारी बैंकको ऋणपत्र ३.९०, सिभिल बैंकको ऋणपत्र २.१८, सानिमा लार्ज क्याप २.०७ र लक्ष्मी उन्नती कोषका लगानकिर्ताले दुई प्रतिशतले गुमाएका छन् ।