४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउने – अध्यक्ष गोल्यान

मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउने – अध्यक्ष गोल्यान
अ+ अ-

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले आर्थिक वर्ष २०७९/०८० को लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउने बताउनुभएको छ ।

अध्यक्ष गोल्यानले मौद्रिक नीतिले अनिवार्य नगद अनुपात (सिआरआर) लाई ३ प्रतिशतबाट १ प्रतिशत बढाउँदा बैंकहरुको अर्बौं रकम बिना प्रतिफल राष्ट्र बैंकमा थुप्रिँदा बैंकहरुको मुनाफा घटाउने अवस्था देखिएको बताउनुभएको हो । उहाँले मौद्रिक नीतिको यो व्यवस्थाले बैंकहरुको लागत बढ्ने बताउनु भयो ।

अध्यक्ष गोल्यानले बैंकहरुमा लागत नै १० प्रतिशत बढीले लाग्ने भन्दै यो भन्दा माथि गयो भने बैंकिङ क्षेत्र संकटमा पर्ने बताउनु भयो । उहाँले बैंकको शेयरहोल्डर र लगानीकर्ताहरुलाई १० देखि १५ प्रतिशत मुनाफा दिनुपर्ने भएपनि आगामी दिनमा बैंकहरुले त्यो दिन सक्ने अवस्था नभएको गुनासो गर्नुभयो । सोमवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष गोल्यानले राष्ट्र बैंकले ल्याएको मौद्रिक परिसंघले मौद्रिक नीतिलाई स्वागत गर्ने बताउनु भयो ।

उहाँले परिसंघले सोचेको जति अझ कसिलो मौद्रिक नीति नआएको बताउनु भयो । उहाँले मौद्रिक नीति निर्यातलाई अझ कडाइ गर्नुपर्ने बताउनु भयो । अध्यक्ष गोल्यानले मौद्रिक नीतिका धेरै राम्रा पक्षहरु रहेको भन्दै बैंक कर्जा बिस्तारलाई कसिलो बनाउनुको विकल्प पनि नभएको बताउनु भयो ।

उहाँले चालु आर्थिक वर्षमा रेमिट्यान्स र वैदेशिक लगानी आउन सकेन भने १२ प्रतिशतको कर्जा बिस्तार लक्ष्य पनि पूरा हुन नसक्ने दाबी गर्नुभयो । उहाँले गत वर्ष १९ प्रतिशत कर्जा बिस्तारको लक्ष्य राखेपनि पूरा नभएको भन्दै यो वर्ष पनि त्यही अवस्था देखिएको बताउनु भयो । उहाँले उत्पादनशील उद्योग र अन्य उद्योगमा फरक ब्याजदर व्यवस्था गर्नु राम्रो देखिएपनि यो व्यवस्थाले बैंकलाई भार थप्ने देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘बैंक तथा वित्तीय परिसंघले मौद्रिक नीतिलाई स्वागत गर्छ । तर केही नीतिहरु परिवर्तन योग्य रहेका छन् । अहिलेको अर्थतन्त्रको अवस्थालाई हेर्दा मौद्रिक नीति राम्रो रहेको छ । अहिलको मौद्रिक नीतिका राम्रा पक्ष उद्योग र उत्पादशील क्षेत्रमा लगानी गर्नुपर्छ भन्नेछ । त्यो राम्रो पक्ष हो । त्यस्तै रेमिट्यान्स बढाउने नीतिमा आएको छ त्यो पनि राम्रो हो । कर्जामा कसिलो आउने भन्दा विकल्प नै छैन । कर्जा १२ प्रतिशत भनेको छ । १२ प्रतिशत पनि यदि रेमिट्यान्स बढेन र वैदेशिक लगानी आएन भने नपुग्न पनि सक्छ । कर्जा लगानी उत्पादशील क्षेत्रमा लगानी गर्ने बैंक तथा वित्तीय परिसंघको माग पनि रहेको थियो । त्यो स्वागतयोग्य छ ।

अब निर्देशिकाहरु आउन बाँकी नै छ । उत्पादशील उद्योग र अन्य उद्योगमा फरक ब्याजदर गर्ने नीति आएको छ । तर मौद्रिक नीतिले सबै बैंकलाई भार थपेको जस्तो भान भएको छ । २ करोडसम्मको कर्जामा २ प्रतिशत मात्रै दिने भन्ने कुरा आएको छ त्यो भन्दा ठूलाको लागि केही छैन । ठूलाको लागि आएको जस्तो देखिनँ । अर्को एलसी मार्जिनमा अन्य थप वस्तुमा कडाइ गर्ने नीति आउनुपर्ने थियो । यो टे«डिङलाई अहिलेको भन्दा पनि कसिलो बनाउने नीति आउँछ भन्ने सोचेका थियौं । तर आएन । त्यसमा राष्ट्र बैंक चुकेको छ । त्यो निर्देशिकामा आउँदा के हुन्छ । परिर्वतन गर्ने भनेको छ । त्यसमा दुबै हुनसक्छ । घटाउँदै वा बढाउँदै जाने दुवै अर्थ लाग्नसक्छ । तर समग्रमा मौद्रिक नीति राम्रो रहेको छ । अझ कसिलो आउनुपर्ने थियो ।

बैंकको ब्यादर ७ प्रतिशत बाट ८.५ प्रतिशत बनाएको छ । अर्कोतिर सिआरआरको पैसा १ प्रतिशतबाट थप गरेर ४ प्रतिशत बनाएको छ । त्यसले ब्याजबिना राष्ट्र बैंकमा पैसा थुप्रिने भयो । त्यसले गर्दा बैंकको लागत बढायो । यसले बैंकको नाफा घट्छ । आरोही नै १० प्रतिशतमा पुगेको छ । यो भन्दा तल गयो भने बैंकिङ क्षेत्र संकटमा पर्छ । बैंकको शेयरहोल्डर र लगानीकर्ताहरुलाई १० देखि १५ प्रतिशत मुनाफा दिनुपर्छ । अब आगामी दिनमा बैंकहरुले त्यो दिन सक्ने अवस्था देख्दिनँ ।

अहिले हामीले नाफामुखी नभएर देश निर्माणको लागि काम गर्न बैंकहरु तयार छन् । उत्पादनशील क्षेत्रको कुरा आफ्नो ठाउँमा छ । तर यो उद्योगी व्यवसायीहरुका छातासंगठनहरुले बारम्बार उद्योग र व्यापारलाई जोडेर नीतिगत कुरा गर्छन् । त्यो नै मिलेको छैन । आयातमा जति भन्यो त्यति लागत बढाएको छ । अहिले २० जना कर्मचारी राखेर आयात गर्ने कम्पनीले ३ देखि ४ अर्बको नाफा गरेको छ भने एउटा बैंकले २ हजार कर्मचारी र अर्बौं लगानी गरेर उसले ३ देखि ४ अर्बको नाफा गर्नुमा के फरक छ । त्यसमा कति पँुजी लगानी भएको छ । अब त्यस्ता कम्पनीहरु पब्लिक लिमिटेड बन्नुपर्छ ।’

अध्यक्ष गोल्यानले मौद्रिक नीतिमा १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य पूरा गर्न बैंकहरु राष्ट्र बैंकसँग हातेमालो गर्न तयार रहेको बताउनु भयो । उहाँले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु जोगाएर नीति ल्याउन चुकेको टिप्पणी गर्नुभयो । गोल्यानले शेयर बजारका लगानीकर्ता अब सकारात्मक हुनु पर्ने बताउनु भयो । उहाँले शेयर धितो कर्जामा लगाईको १२ करोडको सीमा साना लगानीकर्ताको लागि राम्रो भएको बताउनु भयो । उहाँले राष्ट्र बैंकले ल्याउने शेयरकर्जा नीति प्रोमोटर शेयर होल्डरहरुलाई बढी ताकेता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘राष्ट्र बैंकले निजी क्षेत्रमा कर्जा विस्तार १२ प्रतिशतको लक्ष्य लिएको छ । त्यसमा हामी सहमत छौँ । हामी हातेमालो गर्न तयार छौं । त्यसको लागि कति कसिलो नीति लिन्छ राम्रो हो । बैंकहरु त्यसमा खुशी छौं । बैंकको नाफा घट्दै जाने देखियो त्यो मिलेको छैन । बैंकहरुलाई हरेक तिरबाट कडाई गदै गयो भने अलि समस्याग्रस्त हुनसक्छ । तर मौद्रिक नीति कसिलो ल्याउनु अहिलेको आवश्यकता थियो । मैले भनेको गलत अर्थ नलागोस् तर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था जोगाएर नीति ल्याउने कुरामा चुकेको छ । शेयर बजारमा सकारात्मक देखिनुपर्छ । त्यो आईतवारदेखि देखिएको छ । मल्टिपल बैंकसँग कारोबार गर्दा समस्या भयो ।

साना लगानीकर्ताको लागि १२ करोड धेरै ठूलो रकम हो । साना लगानीकर्ताको लागि पुग्छ । उहाँहरुले बुझ्न सक्नुपर्छ । जसरी ४ करोड हटेको छ । अब बिस्तारै १२ करोड पनि हट्ने देखाउँछ । तर शेयर नीतिमा प्रमोटर शेयर होल्डरलाई ताकेता गरिएको छ । पछिल्लो समय घरजग्गा कर्जा एकदमै बढेको छ त्यसलाई कडाई गर्नुपर्ने आवश्यकता थियो । घरजग्गा कारोबारको लागि कर्जा नजाओस् भन्ने हो । अपार्टमेण्ट वा हाउजीङको लागि कर्जा जानुपर्छ । त्यो उत्पादन क्षेत्र नै हो । तर जग्गा किनबेच गर्नको लागि कर्जा जानु हुँदैन । अन्य देशमा जग्गा किन्नको लागि कर्जा नै दिँदैन ।’

अध्यक्ष गोल्यानले घरजग्गा कारोबारको लागि कर्जामा कसिलो बनाउनु सकारात्मक रहेको बताउनु भयो । उहाँले घर जग्गा किनबेचको लागि बैंकहरुबाट कर्जा जानु नहुने बताउनु भयो । गोल्यानले मौद्रिक नीतिले निर्यातलाई प्रोत्साहन दिएर नीति ल्याएता पनि सरकारको नीति निर्यात मैत्री नभएर आयात मैत्री रहेको बताउनु भयो ।

नोटः यो समाचार हामीले बाइट लिएर बनाएका हौँ । आफ्नो अनुकुलतामा प्रयोग गर्न सक्नुहुनेछ धन्यवाद ।