४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

नेपाली सुपरमोडल अञ्जली लामा विश्वचर्चित फेसन म्यागजिन भगको कभर पेजमा

नेपाली सुपरमोडल अञ्जली लामा विश्वचर्चित फेसन म्यागजिन भगको कभर पेजमा
अ+ अ-

काठमाडौँ । विश्वचर्चित फेसन म्यागजिन भगले नेपालकी सुपरमोडल अञ्जली लामालाई कभर पेजमा स्थान दिएको छ । भागको कभर पेजमा स्थान पाउने उनी दोस्रो नेपाली हुन् ।

प्रख्यात फेसन डिजाइनर प्रबल गुरुङलाई पनि भगले यसअघि कभर पेजमा स्थान दिएको थियो । अल्पसंख्यक लैंगिक समुदायको प्रतिनिधित्व गर्दै मोडलिङ गर्दै आएकी अञ्जलीलाई भगको भारतीय संस्करणको अगस्ट महिनाको कभरमा देख्न सकिनेछ ।

फेसनकर्मीका लागि भगको कभरमा आउनु ठूलो सपनाको कुरा हो । अञ्जलीले न्युयोर्क फेसन विककमा र्याम्पमा पनि सहभागी भएकी छन् । उनले हलिउड र बलिउडको संयुक्त लगानीमा निर्माण भएको एक फिल्ममा पनि अभिनय गरेकी छन् ।

भगको कभर स्टोरीमा ‘लामाको व्यक्तिगत र व्यावसायिक यात्राको कथा विश्वले थाहा पाउनु जरुरी छ’ भनिएको छ । अल्पसंख्यक लैंगिक समुदायबारे चेतना फैलाउन फेसनले उत्कृष्ट माध्यमको रुपमा काम गर्न सक्ने अञ्जलीले बताएकी छन् ।