५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता कागजको खोस्टो मात्र होइन: राप्रपा नेपाल



अ+ अ-

काठमाडौं । संसदबाट पास गरिएको नागरिकता बिधयेकले मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथी गम्भीर आँच पुर्याउने भन्दै राप्रपा नेपाल सम्बद्ध जनबर्गिय संगठनहरुले बिरोध जनाएका छन् ।

सनिवार साँझ नागरिकता विधयेकको बुदाँहरु बिबादास्पद ,अनुचित र राष्ट्रहित बिपरित भएको बिरोधमा पार्टी सम्बद्ध युबक,विद्यार्थी र युबा मोर्चाका नेता कार्यकर्ताहरुले राँके जुलुश प्रदर्शन गरेका छन् । नागरिकता भनेको कागजको खोस्टो मात्र नभएर देशको स्वाभिमान , स्वतन्त्रता र अस्तीत्वसङ्ग गासिएको बिषय भएको भन्दै राप्रपा नेपाल सम्बद्ध जनबर्गिय संगठन युबक, विद्यार्थी र युबा मोर्चाले संसदबाट पास गरिएको नागरिकता बिधयेकको बिरोध गरेको हो ।

बिबाह गर्ना साथ कुनैपनी बिदेशिले तत्काल नागरिकता पाउने नीति दुनियाँमा कहि नभएको भन्दै नेताहरुले आक्रोश ब्यक्त गरे । सबै नेपालीले नागरिकता सरल र सहज रुपमा पाउने कुरामा दुई मत नभएको तर बिदेशीलाई नाङ्लोमा राखेर नागरिकता बाढ्ने बिषय अस्वीकार्य भएको नेताहरुले बताएका छन् ।

सत्ता र स्वार्थ पुर्तिको लागि राष्ट्रघाती निर्णय गर्नेहरुलाई जनताले दण्ड दिनुपर्ने उनिहरुको धारणा छ । बिबाह गरेर आएकाहरुलाई समय सिमा नतोकी धमाधम नागरिकता बाढ्न नहुने प्रदर्शनकारिहरुको माग रहेको छ । बिशालगरबाट शुरु भएको राँके जुलुस ढल्कु, भाटभटेनी , चाईनिज एम्बेसी हुँदै बालुवाटार पुग्दा प्रहरी हस्तक्षेप भएको छ , प्रदर्शनकारी विद्यार्थी नेता सन्दिप खड्का पक्राउ परेका छन् ।