• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

स्वास्थ्य विमामा देखिएको समस्या समाधान गर्न मन्त्रीपरिषदमा प्रस्ताव लैजाने: मन्त्री खापुङ



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य विमा कार्यक्रममा देखिएको समस्या समाधान गर्नका लागि मन्त्रीपरिषदमा प्रस्ताव लैजाने प्रक्रिया अघि बढाइएको बताउनु भएको छ ।

स्वास्थ्य विमा कार्यक्रम रोकिएको भन्दै सरकारको चौतर्फी विरोध भईरहँदा मन्त्री खापुङले ती समस्या समाधानका लागि मन्त्रीपरिषदमा तत्काल प्रस्ताव लैजानेगरी प्रक्रिया अघि बढाइएको बताउनु भएको हो । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा यो विमालाई सरकारी र सामूदायिक अस्पतालबाट मात्रै संचालन गरिनेछ भन्ने व्यवस्था गरिएको र त्यसलाई संसदले पनि पारित गरेकाले अहिले त्यसको संचालनमा समस्या आएको पनि स्पष्ट पार्नु भयो । त्यस सम्बन्धमा विमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयलाई सोधेकाले त्यसमा देखिएको समस्या समाधान गर्न मन्त्रीपरिषदमा प्रस्ताव लैजान उपयुक्त हुने भएकाले आफूले सो प्रक्रिया अघि बढाएको पनि समितिलाई मन्त्री खापुङले जानकारी दिनु भयो ।

उहाँले भन्नुृ भयो, ‘यो विमालाई सरकारी र सामूदायिक अस्पतालबाट मात्रै संचालन गरिनेछ भन्ने अर्थमन्त्रीज्यूबाट बजेट भाषणमा आयो । त्यो चाँही संसदबाट पनि पारित भईसकेको छ । विमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयमा सोधेर पठाएको छ । अर्कोतिर चारैतीरबाट प्राईभेटलाई सहभागिता नगराउँदाखेरी यो विमा कार्यक्रम प्रभावकारी हुँदैन भन्ने सुझाव पनि सबैतिरबाट आएको छ । यो यो बजेटसँगसँगै पास भएको छ । र, बिमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयलाई सोधेर पठाएको हुनाले हामीले मन्त्रालयबाट तहबाट मात्रै निर्णय गर्दाखेरी अलि अप्ठ्यारो हुन्छहोला भनेर क्याविनेट मिटिङमा लानेगरी त्यसलाई अगाडि बढाएका छौं । र, क्याविनेटले त्यसको डिसिजन गर्नेछ ।’

मन्त्री खापुङले प्राईभेट क्षेत्रको सहभागिताविना स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी नहुने सुझाव सबैतिरबाट आएकाले सरकार सोही अनुसार अघि बढने धारणा पनि राख्नु भयो । उहाँले सो विमा कार्यक्रमलाई दिगो र व्यवस्थित बनाउन सरकारले छुट्टै कम्पनी खडा गरेर अघि बढने तयारी गरिरहेको समेत बताउनु भयो ।