२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा दोहोरो अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक २७.२६ अङ्कले ओरालो लागेर दुई हजार १७.४६ मा ओर्लिएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न लागेको समाचार सार्वजनिक भए पनि बजारले त्यसलाई स्वीकार नगरेको पाइएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ५.४० अङ्कले ओरालो लागेर ३८६.२४ मा ओर्लिएको छ । कूल २१२ कम्पनीको ३३ लाख २० हजार ५१२ कित्ता शेयर रु एक अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० मूल्यमा खरिद बिक्री भए ।

शुक्रबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ८० अर्ब ८१ करोड २० लाख ४० हजार बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट भएको छ । बैंकिङ १५.१७, व्यापार ५०.३७, होटल तथा पर्यटन ५८.६३, विकास बैंक ७१.३५, जलविद्युत् ३५.७८, वित्त २७.८, निर्जीवन बीमा ३२.६५, उत्पादन ११२.८९, अन्य ३२.८२, लघुवित्त ४८.८५, जीवन बीमा १०९.६७, सामूहिक लगानी कोष ०.१७ र लगानी ०.८५ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु २१ करोड दुई हजार ४७३ मूल्यमा कारोबार भयो । हिमालयन डिस्टिलरी रु छ करोड ८० लाख चार हजार ३२५, गुर्खाज फाइनान्स रु चार करोड ९५ लाख आठ हजार ४४४, नेपाल पुनरबीमा कम्पनी रु तीन करोड ८३ लाख आठ हजार २९० र अरुण काबेली पावरको रु तीन करोड ४२ लाख ४८ हजार ४६५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार, किसान लघुवित्त ८.४१, गणपति लघुवित्त ६.०७, नयाँ सारथी लघुवित्त ४.०१, सेन्ट्रल फाइनान्स २.७६ र सानिमा लार्ज क्यापका लगानीकर्ताले २.४७ प्रतिशतले कमाए । त्यस्तै, सप्तकोसी डेभपमेन्ट बैंक ५.७९, रुरु जलविद्युत् परियोजना ४.७३, सूर्योदय बोमी लघुवित्त ४.५६, सिभिल लघुवित्त ४.२६ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४.०५ प्रतिशतले गुमाएका छन् ।