९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ः मन्त्रिपरिषद् बैठकको निर्णय



अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यको अध्यक्षतामा आज  प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकमा मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनः निर्माण पुनःस्थापन गर्न बनेको कार्यविधिको मस्यौदा पेस भएको छ ।

सो मस्यौदा कार्यान्वयन गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिइएको छ ।  पीडित परिवारलाई सङ्घीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय सरकारले २० प्रतिशत राहत उपलब्ध गराउने भन्ने सङ्घको निर्णयानुसार प्रदेश सरकारका तर्फबाट हिमाली जिल्लाका बासिन्दालाई प्रतिपरिवार रु पाँच लाख, पहाडी क्षेत्रका बासिन्दालाई रु चार लाख र तराई क्षेत्रका बासिन्दालाई रु तीन लाख उपलब्ध गराउन कार्यविधि सिफारिस गरिएको छ । 

प्रदेशअन्तर्गत रहेका लोकसेवा आयोग, योजना आयोगमा रिक्त अस्थायी दरबन्दी सिर्जना गर्ने तथा प्रादेशिक सञ्चार प्रतिष्ठानको संरचनाको व्यवस्थापन तथा स्थायी दरबन्दी सिर्जना गर्ने निर्णय हुनुका साथै मानव अधिकारसम्बन्धी काम गर्न प्रदेश सरकारले फोकल पर्सन तोक्ने निर्णय भएको  मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।