• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   झण्डै १ अर्ब ठगी आरोपमा पक्राउ परेका कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना सार्वजनिक ★   मनकामना केबलकार ५० दिन बन्द हुने ★   कालीकोट को मान्मामा प्रभु बैंक को ३०५ औ शाखा सञ्चालनमा ★   मधेस प्रदेशमा हत्याका घटना बढे, सक्रियता अपनाउन आवश्यक छ: सांसद मैनाली ★   ताप्लेजुङमा बाढी पहिरोबाट दार्जनौँ परिवार विस्थापित ★   उर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक: अध्यक्ष लिङदेन ★   टी–२० विश्वकप: सुपर आठ खेल्ने ७ टोलीको टुंगो, यस्तो छ तालिका ★   चुरे दिवस: कसले सुन्ला चुरेका कुरा ? ★   “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१” प्रतिनिधि सभामा प्रश्तुत ★   मेलम्ची खानेपानी काठमाडौं पथान्तरण गर्न नगरपालिकाबाट कुनै व्यवधान हुँदैन: मेयर तामाङ

खैरो हिरोइनसहित तीन भारतीय नागरिक पक्राउ



कञ्चनपुर । पुर्नवास नगरपालिका–११ अमरबस्तीस्थित नेपाल–भारत दशगजा क्षेत्र हुँदै पैदल आउन लागेका तीन भारतीय नागरिकलाई प्रहरीले बिहीबार साँझ ७८दशमलव ३७ ग्राम लागुऔषध (खैरो हिरोइन)सहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको आरआइटी टोली र परासनस्थित प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले खैरो हिरोइनसहित भारतको उत्तर प्रदेशको लखिमपुरको पलिया बस्ने वर्ष २८ का सुमित गुप्ता, वर्ष २४ का लबि गुप्ता र वर्ष २७ का बबि महेन्द्रुलाई पक्राउ गरेको हो ।

सीमानाका हुँदै नेपालतर्फ आउँदै गरेका तीनै जनामाथि शङ्का लागि जाँच गर्दा सेतो प्लाष्टिकको थैलीभित्र लुकाइछिपाइ राखेको अवस्थामा उक्त लागुऔषध बरामद गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका सुमितको साथबाट २४दशमलव४७० ग्राम, लबिको साथबाट २५दशमलव६४० ग्राम र बबिको साथबाट २८ दशमलव २६० ग्राम लागुऔषध बरामद गरिएको प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिनुभयो ।

तीनै जनाको साथबाट लागुऔषधसँगै भारतीय रुपैयाँ १५ हजारसमेत बरामद गरिएको र उनीहरुमाथि अनुसन्धान भइरहेको बताइएको छ । उनीहरु लागुऔषधका कारोबारी हुनसक्ने प्रहरीको आशङ्का छ ।