२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

वीरगञ्जबाट ७४ लाख मूल्य बराबरको सामान बरामद

वीरगञ्जबाट ७४ लाख मूल्य बराबरको सामान बरामद
फाईल फोटो
अ अ+ अ-

वीरगञ्ज । करिब रु ७४ लाख मूल्य बराबरको हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।

बिल विजकभन्दा बढी हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको ना६ख ५२७३ नंको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरचोकस्थित सडकखण्डमा उक्त मालवाहक ट्रकलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको उक्त ट्रक र सामानको समेत गरी रु ७४ लाख ८७ हजार २२३ मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले बताउनुभयो ।

उक्त ट्रकलाई रोकी जाँच गर्ने क्रममा बिलबिजक शङ्कास्पद देखिएको तथा बिलबिजक बिनाका विभिन्न किसिमका हार्डवेयर पार्टस लोड गरिएको भेटिएपछि सामानसहित ट्रकलाई नियन्त्रणमा लिइएको थियो ।