२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘म’को ट्रेलर सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाली चलचित्र मको ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

कान्तीपुर फिल्म एकेडेमीले निर्माण गरेको चलचित्रमा निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रासाईली लगायतका कालकारको अभिनय छ । प्रकाश पुरीको कथा, पटकथा रहेको फिल्मको निर्देशन सुवर्ण थापाले गरेका हुन् । कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले सुवर्ण थापा निर्देशित फिल्ममा अभिनय गर्न पाउनु आफ्नो लागि अवसर भएको बताउनु भयो ।

निर्देशक थापाले बनाएको सर्ट फिल्म मलामीजत्तिको सिनेमा अहिलेसम्म नेपालमा नबनेको दाबीसमेत गर्नुभयो । त्यस्तै कार्यक्रममा नायक निराजन प्रधानले ममा काम गर्न पाउँदा खुशी लागेको बताउनु भयो । त्यस्तै ट्रेलर हेर्न पुगेकी नायिका सुरक्षा पन्तले फिल्मले सफलता पाउने विश्वास व्यक्त गर्नुभयो ।

आफ्नो अस्तित्वको खोजिको कथा भन्ने फिल्म ममा निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रासाईलीसँगै पुनम श्रेष्ठ, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टलगायतका कलाकाहरु पनि रहेका छन् । फिल्म साउन २० गते प्रदर्शनमा आउँदैछ ।