• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

प्रतिनिधिसभा: समयसीमाको ख्याल नगर्दा अपूरो वाक्यमै सिमित सांसद



काठमाडौँ । प्रतिनिधिसभाको शुन्य समयमा बोल्ने अधिकांश सांसदहरुले समयको ख्याल गर्न नसक्दा आफ्ना भनाइलाई पूर्णता दिन सकेनन् । बिहीवारको प्रतिनिधि सभको शुन्य समयमा पनि यस्तै माहोल देखियो । शुन्य समयमा बोल्ने अधिकांश सांसदहरुले समयको पावन्दीमा रहेर विषयवस्तु प्रश्तुत गर्न नसक्दा आधा वाक्यमै भनाइ टुंग्याउनु पर्यो ।

सांसदहरुले धेरै विषयवस्तु राख्न त खोजे तर कुनैपनि विषयलाई पूरा गर्न सकेनन् । शुन्य समयमा बोल्ने नेकपा एमालेका सांसद महेश बस्नेत, एमालेकै सांसद रामबीर मानन्धर, नेपाली काँग्रेसका राजेन्द्र केसी लगायतका अन्य सांसदहरु समयमै आफ्ना कुरा संसदसमक्ष राख्नबाट चुके । शुन्य समयमा सभामुख अग्निप्रसाद सापकोटाले समयको किटान गरेर (हरेक सांसदलाई १ मिनेट) मात्र बोल्ने अवसर दिनुभएको थियो । तर सांसदहरुको विषय, प्रश्तुत गर्ने शैली शुन्य समयमा तोकिएको समयसीमा भन्दा लामो थियो । जसकारण पनि उनीहरले अपूरो वाक्य मात्रै बोल्न भ्याए । आधा विषयवस्तु बोल्दा नै उनीहरुको समय सकिएर माइकमा साउण्ड काटिएको थियो । संसदमा प्रभाव जमाएका सांसदहरु समेत संसदको शुन्य समयको परीक्षामा अनुत्तिर्ण रहे ।

बिहीवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने एमाले सांसद महेश बस्नेतले पूरा विषय बोल्न नपाउँदै एक मिनेटको समय सकिएको थियो । सांसद बस्नेतले लामो विषयमा एमाले अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी सरकार पक्षका सांसदहरुले खोजिरहेको भन्दै विषयवस्तुमा प्रश्तुत हुनुभयो । उहाँले सरकार पक्षका सांसदहरु एम अधिकारी खोज्ने तर सरकार विदेशी शक्ति गुहारेर राष्ट्रपति र प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गर्ने, परिवार लाद्नमा व्यस्त रहेको आरोप लगाए । उहाँले नेता एस देउवा,माओवादी नेता पी दाहाल र नेतृ ए राणा देउवा खोजेर कारबाही गर्नुपर्ने होइन भन्दै प्रश्नसमेत गर्नुभयो । सांसद बस्नेतले बजेटमा रातारात सेटिङ गरेर करका दरहरु हेरफेर गर्ने,सिसिटिभी फुटेजहरु मेटाउने, माओवादी नेता जे शर्माको खोजिगरेर कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले अन्य धेरै अहिले बजारमा मल अभाव,विद्यालयमा पुस्तक अभाव,एमसीसी पास गर्ने परराष्ट्र मन्त्री, प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर कार्यकारी प्रधान न्यायाधीशलाई कारबाही गर्ने होइन र ? भन्दै प्रश्न गर्नुभयो । उहाँले प्रहरी प्रसाशनमा पार्टीगत अन्तरविरोध भएको बताउनु भयो । यसो भनिरहँदा समय सकिएको थियो । उहाँ समय सकिएर माइकमा साउण्ड नआएपछि मुसुक्क हाँस्दै आफ्नो आसनमा बस्नुभएको थियो ।

त्यस्तै शुन्य समयमा बोल्ने मायादेवी न्यौपानेले पनि बोल्दाबोल्दै समय सकिएको थियो । उहाँले भर्खरै उपसभामुखमा निर्वाचित पुष्पा भुसाललाई सफल कार्यकालको शुभकामना दिँदा नै एक मिनेटको समय सकिएको थियो । तर सांसद न्यौपानेले शुभकामनापछि मातृकाप्रसाद कोईराला र अर्का नेता भन्ने क्रममा नै समय सकियो । उहाँले यो वाक्यांश नै पूरा गर्न सक्नुभएन । उहाँ समय सकिएको समेत थाहा नपाएर सभामुख अग्निप्रसाद सापकोटाले अर्को सांसदलाई बोल्न दिँदा समेत आफ्ना कुरा राखिरहनु भएको दृश्य देख्न सकिन्छ ।

लगत्तै बोल्ने सांसद मिना सुब्बाले पनि एक मिनेटको समयमा कुरा राख्न सक्नुभएन । उहाँले निर्वाचन आयोगले खरिद गरेका सामग्री प्रयोग विहीन भएको विषयमा संसदमा विषय उठान गर्नुभएको थियो । सांसद सुब्बाले अघिल्लो निर्वाचनमा निर्वाचन आयोगले अर्बौं रुपैयाँ लगानी गरेर खरिद गरिएका मेसिन प्रयोग विहीन रहेको बताउनु भयो । यत्तिकैमा उहाँको समय सकियो । उहाँले बोल्नुभएको पछिल्लो वाक्य पूरा नभएको दृश्य र अडियो सुन्न र देख्न सकिन्छ ।

लगत्तै बोल्नुभएकी सांसद मैनाकुमारी भण्डारीले पनि एक मिनेटमा संसदमा कुरा राख्न सक्नुभएन । सांसद भण्डारीले गुल्मीका खोलामा आएको बाढीले घरजग्गा कटान गरेको विषय उठान गर्नुभएको थियो । उहाँले त्यहाँका जनताले वर्षैपिछे भोग्नुपरेको समस्या समाधानको लागि पक्की पुल बनाइदिन सरकारसँग माग गर्नुभयो । उहाँले सिंचाई मन्त्रीको ध्यानाकर्षण बोल्नुबाहेकका शब्द संसदमा रेकर्ड हुन सकेनन् । त्यत्तिकैमा उहाँको बोल्ने समय सकियो ।

त्यसपछि शुन्य समयमा बोल्ने नेपाली काँग्रेसका सांसद राजेन्द्र केसीले पनि समयको ख्याल गरेर विषय प्रश्तुत गर्न सक्नुभएन । उहाँले गत आर्थिक वर्षमा पुँजीगत खर्च ५७ प्रतिशत मात्रै भएको र त्यसमा ५० प्रतिशत भन्दा बढी असारे विकास भएको बताउनु भयो । सांसद केसीले विकाश निर्माणको काम अत्यन्त लजास्पद रुपमा भइरहेको टिप्पणी गर्नुभयो । उहाँले समयमा नै विकास खर्च नहुने भएकाले अर्थतन्त्रमा नकारात्मक असर परेको पनि बताउनु भयो । सांसद केसीले भूकम्पको अवस्थामा पनि यस्तो अवस्था देखिएको थिएन भन्ने शब्द बोल्दै गर्दा माइकको आवाज काटियो । वाक्य पूरा गर्ने उहाँको चाहना पनि पूरा हुन सकेन ।

त्यसपछि बोल्ने सांसद राजेन्द्रप्रसाद गौतम पनि संसदको समयसीमाको परीक्षामा अनुत्तिर्ण हुनुभयो । उहाँले असार २४ गते संखुवासभाको चैनपुर डुमकटामा भएको सडकमा ट्याक्टर दुर्घटनाको विषयमा बोल्नु भएको थियो । सांसद गौतमले दुर्घटनामा घाइतेहरुको उपचारको क्रममा मनकामना अस्पताल खाँदबारी भन्ने वाक्यांश पूर्ण गर्न नपाउँदै समय सकियो ।

त्यस्तै सांसद राधाकुमारी ज्ञवाली पनि शुन्य समयको समयमा फेल हुनुभयो । उहाँले किसानहरुलाई सरकारले समयमा नै मल उपलब्ध गराउन नसक्नु नालायकी पन भएको बताउनु भयो । सांसद ज्ञवालीले सरकारले मल उपलब्ध गराएर सहज बनाउन माग गर्नुभयो । उहाँले सिंचाई नभएको कारण रोपेको धान समेत सुकेर किसानको नोक्सान भएको छ भन्न नपाउँदै समय सकिएको थियो ।

शुन्य समयमा बोल्नुभएका सांसद रामवीर मान्नधरको अवस्था पनि माथिका सांसदको भन्दा फरक थिएन । उहाँले श्रीमानहरुले बनाएको प्रचण्ड प्रतापी भूपतिको सरकारले एक वर्षमा कुनैपनि राम्रो काम नगरेको आरोप लगाउनु भयो । उहाँले सरकारले गरेका कामको छानबिन गर्न धेरै संसदीय समिति बनेको तर काम नभएको भन्दै ती समितिलाई पनि छानबिन गर्ने संसदीय महासमिति गठन गर्नुपर्ने माग गर्नुभयो । सांसद मान्नधरले गठन गरेकोे महासमितिले यस्तो निस्कर्ष निकालोस्भन्न नपाउँदै समय सकिएको थियो ।

त्यस्तै सांसद रेखा कुमारीले पनि संसदीय समयको सीमामा बोल्न असिफल हुनुभयो । उहाँले पनि आफ्नो सबै कुरा एक मिनेटको समयमा राख्न सक्नुभएन । यसरी बिहीवारको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्ने १० जना संसदहरुले एक मिनेटको समयमा आधा मात्रै कुरा राख्न पाए । सांसदहरु आवश्यक समयमा बोल्ने विषयवस्तु तय गर्न नसक्दा समय सीमामा धेरैपटक चुकेका छन् । यी आजको प्रतिनिधि सभाका प्रतिनिधिमुलक घटना मात्रै हुन् ।