२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपी स्वीकार नगर्ने भनी अमेरिकालाई पत्र लेख्न कसले रोक्यो? : झलनाथ खनाल (भिडियो)



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार गर्ने मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन नगरिको भन्दै आपत्ति प्रकट गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सरकारले गरेको निर्णय कार्यान्वयन हुँदैन भने मुलुकको कार्यकारी अधिकार कहाँ कोसित छ भनी प्रश्न गर्नुभयो ।

नेता खनालले एसपीपी स्वीकार नगर्ने भनेर मन्त्रिपरिषद् एक महिनाअघि नै निर्णय गरेको स्मरण गराउनुभयो ।

एसपीपी स्वीकार गर्दैनौँ भनेर तुरुन्तै पत्र लेख्ने भनेको सरकारले अहिलेसम्म पनि लेख्न नसक्नुको कारण के भनी प्रश्न गर्दै भन्नुभयो, “कार्यकारी अधिकार भएको क्याबिनेटले निर्णय गरिसकेपछि फेरि अरु कसले रोक्न सक्छ यो देशमा ? कि हाम्रो देशको क्याबिनेटभन्दा बाहिर कता छ कार्यकारी अधिकार ?”