• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो

तालिबानमाथि गर्भवती प्रहरीको हत्या गरेको आरोप



अफगानिस्तान । तालिबान समूहले अफगानिस्तानको एउटा सहरमा एक जना महिला प्रहरीको गोली हानेर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बानू नेगर नाम गरेकी ती महिला प्रहरीलाई घोर जिल्लाको फिरोजकोह सहरमा आफ्नै घरमा परिवार कै अघि मारिएको थियो।

अफगानिस्तानमा महिलाहरू विरुद्ध बढ्दो हिंसाका घटनाका खबरबीच पछिल्लो हत्या सार्वजनिक भएको छ।

तालिबानले भने उक्त घटनामा आफूहरूको संलग्नता नरहेको बीबीसीलाई बताउँदै आफूहरूले घटनाको छानबिन गरिरहेको जनाएको छ।

प्रवक्ता जबिहुल्लाह मुजाहिदले भनेस् 'यो घटना हामीले थाहा पाएका छौँ र म यो पुष्टि गर्छु कि तालिबानले उनलाई मारेको होइन, हाम्रो छानबिन जारी छ।'

तालिबानले यस अघि नै पूर्ववत् सरकारसँग काम गरेका मानिसहरूलाई आम माफी दिइसकेको उनले थपे र नेगरको मृत्युको कारण 'व्यक्तिगत दुस्मनी वा अन्य केही हुनसक्ने' बताए।

घटनाबारे बोले बदला लिन सक्ने डरका कारण स्थानीय बासिन्दाहरू मौन छन्। त्यसले गर्दा घटनाको विस्तृत विवरण अझै अस्पष्ट छ।

परिवार सदस्यहरूका अनुसार स्थानीय बन्दीगृहमा कार्यरत नेगर गर्भवती थिइन्। उनको कोखमा आठ महिनाको बच्चा थियो।

शनिवार उनको घरमा तीन जना बन्दुकधारी आएको र परिवारका सदस्यहरूलाई बाँधेर राख्नु अघि घरमा खानतलासी गरेको आफन्तहरू बताउँछन्। ती बन्दुकधारीहरूले अरबी भाषामा बोलेको सुनिएको एक जना प्रत्यक्षदर्शी बताए।

गत अगस्ट १५ तारिखमा काबुल सहित अफगानिस्तानको अधिकांश भाग आफ्नो नियन्त्रणमा लिएसँगै तालिबानले आफूलाई विगत भन्दा बढी सहिष्णु समूहका रूपमा चित्रण गर्न खोजेको छ।

त्यो उसका विश्वव्यापी परिचय भन्दा फरक हो। तर अफगानिस्तानका विभिन्न स्थानहरूमा अझै क्रूरता र दमनका घटनाहरू भएको सार्वजनिक भइरहेका छन्। (बीबीसी)