११ भाद्र २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा नेपालका परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४.८९ अंकले वृद्धि



symbolic picture
अ+ अ-

काठमाडौँ । पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि भएको नेप्से परिसूचक बुधवार पनि सामान्य अंकले वृद्धि भएको छ । बुधवार नेप्से परिसूचक ४.८९ अंक बढेर २०५०.५९ बिन्दुमा पुगेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०६ अंक
र सेन्सेटिभ इण्डेक्स ०.०१ अंकले बढेको छ ।

बुधवार कारोबारमा आएमा २१५ कम्पनीको ४१ लाख ३३ हजार कित्ता शेयर १ अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवार नेप्से परिसूचक झिनो अंकले बढेपनि कारोबार रकम भने गिरावट भएको छ । मंगलवार २ अर्ब २९ करोडको शेयर कारोबार भएको थियो ।

बुधवार नेप्सेका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ । जसमा विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा कम्पनी र अन्य उपसमूहको परिसूचक बढेको छ भने बाँकी अन्य उपसमूहको परिसूचक घटेका छन् ।

नेप्से झिनो अंकले बढ्दा मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ५.६९ प्रतिशत बढेको छ । कर्णाली डेभलपमेण्ट बैंकको शेयरमूल्य ४.३५ प्रतिशत बढेको छ। तर यता,लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य ६.३३ प्रतिशत घटेको छ भने इमर्जिङ्ग नेपालको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ । बुधवार शिवम सिमेन्ट्स कम्पनीको १६ करोड ४२ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।