११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

आगामी निर्वाचनबाट एमालेलाई सरकारमा लैजान कार्यकर्ताहरुलाई तयारी गर्न अध्यक्ष ओलीको निर्देशन

आगामी निर्वाचनबाट एमालेलाई सरकारमा लैजान कार्यकर्ताहरुलाई तयारी गर्न अध्यक्ष ओलीको निर्देशन
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट एमाले सरकारमा फर्कनुपर्ने बताउनुभएको छ । उहाँले त्यसका लागि तयारी गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

बुधबार बागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा काठमाडौँमा उहाँले देशको समृद्धि र विकासको लयलाई पुनः समात्न र अगाडि बढाउन आगामी निर्वाचनबाट एमालेको सरकार बन्नुपर्ने र ती उद्देश्य प्राप्त गर्न अगाडि बढ्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले आगामी मंसिरमा संघीय र प्रदेशसभा निर्वाचन हुनै पर्ने भन्दै निर्वाचनअघि भ्रष्टाचार र बेथितिविरुद्ध संघर्ष गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रियता, विकास र सुशासनलाई उपयुक्त ढंगले एमालेको सरकारले मात्र बढाउन सक्ने उहाँको जिकिर थियो । एमालेले राष्ट्रियता, जनजीविका र सुशासनका प्रश्नलाई सम्बोधन गर्न सक्ने भनेको एमालेको सरकार मात्र भएको उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले बाह्य सम्बन्धलाई सन्तुलित र उपयुक्त ढंगले अगाडि बढाएर राष्ट्रिय हितको रक्षा गर्न एमालेको सरकारले मात्र गर्न सक्ने भएकाले आगामी निर्वाचनबाट त्यस्तो सरकार गठन गर्न सक्नुपर्ने बताउनुभयो ।