७ पुष २०८२, सोमबार
,
Latest
एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनबाट एमालेलाई सरकारमा लैजान कार्यकर्ताहरुलाई तयारी गर्न अध्यक्ष ओलीको निर्देशन



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट एमाले सरकारमा फर्कनुपर्ने बताउनुभएको छ । उहाँले त्यसका लागि तयारी गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

बुधबार बागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा काठमाडौँमा उहाँले देशको समृद्धि र विकासको लयलाई पुनः समात्न र अगाडि बढाउन आगामी निर्वाचनबाट एमालेको सरकार बन्नुपर्ने र ती उद्देश्य प्राप्त गर्न अगाडि बढ्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले आगामी मंसिरमा संघीय र प्रदेशसभा निर्वाचन हुनै पर्ने भन्दै निर्वाचनअघि भ्रष्टाचार र बेथितिविरुद्ध संघर्ष गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रियता, विकास र सुशासनलाई उपयुक्त ढंगले एमालेको सरकारले मात्र बढाउन सक्ने उहाँको जिकिर थियो । एमालेले राष्ट्रियता, जनजीविका र सुशासनका प्रश्नलाई सम्बोधन गर्न सक्ने भनेको एमालेको सरकार मात्र भएको उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले बाह्य सम्बन्धलाई सन्तुलित र उपयुक्त ढंगले अगाडि बढाएर राष्ट्रिय हितको रक्षा गर्न एमालेको सरकारले मात्र गर्न सक्ने भएकाले आगामी निर्वाचनबाट त्यस्तो सरकार गठन गर्न सक्नुपर्ने बताउनुभयो ।