९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविरल वर्षाका कारण डुबानमा काठमाडौं (भिडियो रिपोर्ट सहित)



अ+ अ-

काठमाडौं । आईतबार रातभर परेको वर्षाका कारण काठमाडौंका केही स्थानका बस्तीहरु डुबानमा परेका छन् । 

काठमाडौंका नदी किनारमा रहेका बस्तीहरुमा बाढी पसेर जनजीवन अस्तव्यस्त बनाएको छ ।  काठमाडौंको थापाथली, कलंकी लगायतका नदी किनारका बस्तीहरुमा पसेको बाढीले सडक र नदी किनारमा रोकि राखेका सवारीहरु डुबाएको छ भने तरकारी बजार तथा पसलहरु डुबानमा परेका छन् । बल्खुको तरकारी बजारमा पसेको बाढीबाट  करोडौं रुपैयाँ बराबरको नोक्सान भएको बताइएको छ ।

वागमती, विष्णुमति, धोबिखोला लगायतका अन्य नदीहरुमा आएको बाढीले काठमाडौंमा अहिलेसम्म ४ सय भन्दा धेरै घरहरु डुबानमा परेका छन् भने ५ सय भन्दा बढी मानिसहरुलाई उद्धार गरिएको छ । बाढीले थापाथली, बल्खु तरकारी बजार, अनामनगर क्षेत्र, सुन्दरीघाट र थापाथलीको सुकुम्बासी बस्ती डुबानमा परेको छ ।

अविरल वर्षापछि पानीको सतह नदी किनारसम्म पुगेपछि आसपासका सडकहरु अवरुद्ध भएका छन् । अहिले नेपालमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यूनचापिय क्षेत्रको प्रभाव रहेकोले अझै वर्षा हुनसक्ने पूर्वानुमान गरिएसँगै सरकारले नदी किनार आसपासका बासिन्दाहरुलाई शतर्क रहन आग्रह समेत गरेको छ ।